back
NMB ad

दशैंमा चितवन वा पोखरा जाँदै हुनुहुन्छ ? ल्याण्डमार्कले ल्यायो विशेष छुटको प्याकेज !

Kumari bank ad

काठमाडौ । चितवन सौराहाकै उत्कृष्ट ल्याण्डमार्क फरेष्ट रिसोर्ट र थ्री स्टार लेभलको ल्याण्डमार्क होटल पोखराले आन्तरिक पर्यटकका लागि दशैंदेखि दिपावलीसम्मको विशेष छुटको प्याकेज सार्वजनिक गरेको छ ।
घुमफिर वर्षलाई लक्षित गरी आन्तरिक पर्यटन प्रबद्र्धन गर्नको लागि विशेष प्याकेज घोषणा गरेको होटलले जनाएको छ । प्याकेजअनुसार पोखरामा २ रात ३ दिनको प्याकेजलाई जम्मा रु ६,६६६ तिरे पुग्नेछ । यसअघि सोही प्याकेजका लागि रु ८,५०० पर्दथ्यो ।
एता जंगल सफारी सहित चितवन ल्याण्डमार्कमा जानेका लागि २ रात ३ दिनको सम्पूर्ण प्याकेजको एकमुष्ट रु ९,९९९ लाग्नेछ । यसअघि सोही प्याकेज अन्तर्गत १२,५०० तिनुपर्दथ्यो । प्याकेज अन्तर्गत अति सस्तोमा उत्कृष्ट सेवा प्रदान गरिने होटलले घोषणा गरेको हो ।
पोखरमा २ रात ३ दिनको लागि डिलक्स रुमसहित ब्रेकफाष्ट, डिनर र घुमघामको व्यवस्था हुनेछ । त्यस्तै चितवनमा पनि ब्रेकफाष्ट, लञ्च, डिनर, हात्ती सफारी, भिलेज टुर, थारु डान्स लगायत सम्पूर्ण प्याकेजको व्यवस्था गरिएको हेटलले जनाएको छ ।

सम्राट ग्रुपले बाघरमारा सौराहामा सचालनमा ल्याएको सुविधासम्पन्न ‘ल्यान्डमार्क फरेस्ट पार्क’ स्थापनाको दोस्रो वर्षमै ट्रिप एड्भाइजरिमा नेपालभरीमा तेस्रो र चितवनमा पहिलो स्थान ओगट्न सफल भएको छ । करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ भने २० करोड रुपैयाँ खर्च गरेर यसको निर्माण गरिएको हो ।
पोखरामा पहिला हँङ्ग्री आई रेस्टुरेन्टबाट सुरु भएको ल्याण्डमार्क हाल ८० रुम सहितको थ्रीस्टार लेवलमा पुगेको छ । पोखरामा २७/२८ नम्बरमा छ । जबकी पोखराभरका १६२/६३ वटा होटलहरु ट्रिप एड्भाइजरमा रजिष्टर भएका छन् ।

के हो ट्रिप एड्भाईजर ?

यो एउटा ट्राभलर वेव साईट हो । जसमा केही न्यूनतम फी तिरेर होटलहरु रजिस्टर गर्नुपर्ने हुन्छ । त्यहाँ भर्नुपर्ने कुराहरु भ्रिसकेपछि त्यसको सदस्य बन्दछन् । त्यसपछि यो वेवसाइटमा सहभागी भएका कम्पनीहरुको प्रोपर्टी डिस्प्ले हुन्छ । यहाँ रेष्टुरेष्टको बारेमा, सेवा सुविधाको बारे, खाना आदिका बारेमा ५/६ वटा वर्गीकरण गरिएको छ । यसमा आएर बस्ने गेष्टहरुले ओभरअल ५ प्वइन्टमा आफूले पाएको सन्तुष्टि अनुसार ३, २, ५ जति पनि दिन सक्छन् । यसरी गेस्तले डाइरेक्ट फिडब्याक दिन सकिन्छ ।
ट्रिप एड्भाईजर संसारभर नै अनलाई रिभ्युका लागि चलेको साइट हो । यो साइट प्रति विदेशीहरु धेरै भर परेका पनि छन्, उनीहरु घुम्न आउन लागेका छन् भने यो साइट हेर्छन्। कसैले यो होटलको बारेमा फिडब्याक लेख्यो भने पहिला ट्रिप एड्भाईजरले नै त्यसलाई विश्लेषण गर्ने अनि बल्ल त्यो पोष्ट गर्छ । त्यसैले अहिलेको समयमा, सूचना प्रविधिको समयमा यसको ठूलो भूमिका छ ।

normal_landmark_forest_park_chitwan_nepal_book_online_safely
ल्याण्डमार्क फरेष्ट पार्क चितवनबारे बिस्तृत जान्न यहाँ क्लिक गर्नुहोस ।

normal_hotel_landmark_pokhara_nepal_book_online_safely
ल्याण्डमार्क होटेल पोखराबारे बिस्तृत जान्न यहाँ क्लिक गर्नुहोस ।

२१ असोज २०७३

वि.सं.२०७३ असोज २१ शुक्रवार १२:०२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...