back
NMB ad

हिमाली पदयात्राका लागि पर्यटकको आगमन वृद्धि

Kumari bank ad

रसुवा, २९ असोज । हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत केशवराज भेटवालका अनुसार चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरिसकेका छन् । गत वर्षको सोही अवधिभन्दा आगमन करिब पाँच सयले वृद्धि भएको छ ।

अहिलेसम्म पर्यटक प्रवेश शुल्कबाट रु ५३ लाख ९० हजार राजस्व प्राप्त भएको छ । असोज, कात्तिक महिना पर्यटकको आगमन हुने मुख्य याम भएकाले दैनिक ५० भन्दा बढी पर्यटकको हिमाली क्षेत्रमा आगमन हुन थालेको निमित्त प्रमुख भेटवालले जानकारी दिए ।

भूकम्पपछि पुनःनिर्माण अन्तर्गत लाङटाङ तथा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा पर्यटकीय होटेल तथा लजको व्यवस्थापन भइसकेकाले पाहुनालाई खानपिन र बसोबासमा कुनै समस्या नआउने व्यवसायीले बताएका छन् ।

पर्यटकको प्रमुख प्रवेशद्वार धुन्चेमा नेपाली सेना, नारायणदल गणको जाँचचौकीले पर्यटक आउनासाथ छिटोछरितो परीक्षण गरी पठाउने गरेकाले निकुञ्ज भ्रमण गर्ने पर्यटक बढी प्रफुल्लित हुने गरेको पथप्रदर्शकले जनाएका छन् ।

वि.सं.२०७३ असोज २९ शनिवार ११:०६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...