back
NMB ad

गणतन्त्र नेपालमा छानियो दौडेर पहिलो हुनेलाई राजा

Kumari bank ad

नेपालमा शाहवंशीय राजतन्त्रको सुरुवात भएको गोरखामा अझै पनि राजा छान्ने परम्परा कायमै छ । तर, त्यो परम्परा भने अब खेलका रुपमा सीमित छ ।

शाहवंशीय राजतन्त्रको सुरुवात गर्ने द्रव्य शाहले दौड जितेर राजा बनेको स्मरण गर्दै हरेक वर्ष त्यहाँ दौड प्रतियोगिता हुन्छ र पहिलो हुनेलाई राजा घोषित गरिन्छ । यस वर्ष पनि सो खेल सोमबार सम्पन्न भएको छ र नेपाली सेनाका खगेन्द्र रानाभाट यस वर्षको लिगलिगे राजा भएका छन् ।

दौडेर राजा छानिने परम्परालाई निरन्तरता दिँदै लिगलिगकोट विकास अभियानले वर्षेनी राजा छान्दै आएको छ । डोटी घर भएका रानाभाटलाई श्रीपेच लगाएर यसवर्षको लिगलिगे राजा घोषणा गरिएको हो । खेलकुदमन्त्री राजन केसीले श्रीपेच, रु ५० हजार पुरस्कारसहित रानाभाटलाई पुरस्कृत गरे ।

रानाभाटले एक घण्टा दुई मिनेटमा निर्धारित १३.५ किलोमिटर दौड पूरा गरेका हुन् । चेपे नदीस्थित चेपेघाटदेखि लिगलिगकोट डाँडासम्म दौड पूरा गर्नुपर्ने नियम छ । यस्तै नेपाली सेनाकै रामजी बस्नेतले एक घण्टा तीन मिनेटमा निर्धारित दूरी पार गरी दोस्रो भए । बस्नेतलाई रु ३० हजार पुरस्कारसहित मन्त्री केसीले पुरस्कृत गरे ।

यस्तै नेपाली सेनाका अनिश बस्नेतले एक घण्टा ५ मिनेटमा दौड पूरा गरी तेस्रो भए । बस्नेतले रु २० हजार नगद पुरस्कार पाए । ११७ जना धावकले दौड प्रतियोगितामा भाग लिएको आयोजक संस्थाका उपाध्यक्ष सरोज देवकोटाले बताए । दौडमा स्वदेशी, विदेशी धावक सहभागी हुन पाउनेछन् ।

दौड उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री केसीले लिगलिग दौडलाई निरन्तरता दिन मन्त्रालय तर्फबाट बजेटको व्यवस्था गर्ने बताएका थिए ।

नेपालजापान डटकमबाट

प्रकाशित मितिः २०७४ असोज १०

वि.सं.२०७४ असोज १० मंगलवार १०:३७ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...