back
NMB ad

लिभरपुललाई पछि पार्दै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

Kumari bank ad

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्यामप्टनलाई ३–० ले हराएर म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको हो ।

अवे मैदानमा भएको खेलमा सिटीलाई जिताउन विन्सेन्ट कम्पनी, लिरोय साने र सर्जियो अग्युरोले एक–एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा कप्तान कम्पनीले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ७७ औं मिनेटमा साने तथा ८० औं मिनेटमा अग्युरोले गोल गरेपछि पेप गार्डिवलाको टिम ३–० ले विजयी भयो ।

जितपछि ३२ खेलबाट ६४ अंकसहित सिटी लिभरपुललाई पछि पारेर तेस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको ६३ अंक छ । सिटी दोस्रो स्थानको टोटनह्याम भन्दा सात तथा शीर्ष स्थानको चेल्सी भन्दा ११ अंकले पछि छ ।

राति नै भएका अरु खेलमा स्टोक सिटीले हल सिटी तथा एभर्टनले बर्नलीलाई समान ३–१ र वाट्फोर्डले स्वान्सी सिटीलाई १–० ले हरायो । लेस्टर सिटी र क्रिष्टल प्यालेस तथा सन्डरल्याण्ड र वेष्ट ह्यामले समान २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मितिः २०७४ बैशाख ३

वि.सं.२०७४ वैशाख ३ आइतवार १२:४७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...