back
NMB ad

लोन्ली प्लानेटको छुटाउनै नहुने उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेको घोरेपानी पुनहिलबारे जान्नुहोस्

Kumari bank ad

म्याग्दी। घार गाविस–१ घोरेपानीमा रहेको पुनहिल छुटाउन नहुने उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा छनोट भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित बनेका छन् । लोन्ली प्लानेटले हरेक अङ्ग्रेजी वर्षको सुरुवातसँगै सार्वजनिक गर्ने उत्कृष्ट गन्तव्यको सूचीमा नेपालका १० गन्तव्यमा पुनहिल क्षेत्रलाई समेत समावेश गरेको छ ।

चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको पुनहिल क्षेत्रमा भ्रमणमा जाने पर्यटकका लागि अहिले पोखरेबगर–घार–घोरेपानी, घान्द्रुक–घोरेपानी, नांगी–घोरेपानीलगायतका पदमार्ग सञ्चालनमा आइसकेका छन् । धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनका लागि बर्सेनि हजारौँ पर्यटक आउने गरेका छन् । घोरेपानीको पुनहिल क्षेत्रलाई लोन्ली प्लानेटले नेपालका उत्कृष्ट गन्तव्यमा समावेश गरेपछि थप पर्यटन विकास हुने अपेक्षा गरिएको घोरेपानी होटल व्यवसायी सङ्घका पूर्व उपाध्यक्ष टेकसर बुद्धुजा बताउँछन् ।

“यो हाम्रो लागि खुसीको कुरा हो, पछिल्लो समय घोरेपानी क्षेत्रमा बढेको पर्यटन आगमनलाई निरन्तरता दिन यसले सघाउ पु¥याउनेछ,” उनले भने । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट दर्जनौं हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएकाले उक्त क्षेत्रको भम्रणमा जान लोन्लीले सुझावसमेत दिएको छ ।

पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी घोरेपानीमा अहिले करिब तीन दर्जन साना ठूला होटल सञ्चालनमा छन् । लोन्ली प्लानेटले म्याग्दीको घोरेपानीसँगै धौलागिरि अञ्चलकै हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम र मुक्तिनाथलाई समेत उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा समेटेको छ ।

सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौँ उत्कृष्ट गन्तव्यमा समेटेको नेपालका १० उत्कृष्ट गन्तव्यमा मुगुको रारा, सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज, कोसी टप्पु वन्यजन्तु आरक्ष, इलाम, बर्दिया राष्ट्रिय निकुञ्ज, लाङ्टाङ, नवलपरासी र विनाशकारी भूकम्पको केन्द्र बारपाकलाई समावेश गरिएको छ ।

प्रकाशित मितिः २०७३ माघ ६

वि.सं.२०७३ माघ ६ बिहीवार १५:०१ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...