back
NMB ad

चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ पुर्याउँदै माछापुच्छ्रे बैंकले गर्यो बोनसमा शेयर दिने निर्णय

Kumari bank ad

पोखरा । माछापुच्छ्रे बैंकको ग्राण्ड होटल पोखरामा शुक्रबार सम्पन्न १९ औँ वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

सो सभाले बैंकको आर्थिक बर्ष २०७३ र ७४ को बार्षिक प्रतिबेदन पारित गरेको छ । साथै आगामी ३ वर्षको लागि जेपी राजवाहक एण्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्व ३९ करोड रुपैयाँ रहेको छ । ९ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । बैंकले सोही अवसरमा पोखराको नयाँबजार स्थित नयाँ एटीएम काउण्टरको समेत उद्घाटन गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७४ ७५को पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक बर्षको प्रथम त्रैमास सम्ममा ६० अर्ब ३० करोड रुपैयाँ निक्षेप परिचालन गरी ५४ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ ।

हाल माछापुच्छ्रे बैंकको ६२ शाखा कार्यालय ८४ एटीएम, ४ वटा एक्स्टेशन काउन्टर र ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।

वि.सं.२०७४ मंसिर १७ आइतवार ०९:४३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...