back
NMB ad

लक्ष्य बिनाको घुमफिर वर्ष कसरी सफल हुन्छ ?

Kumari bank ad

अस्थिर सरकार पर्यटनको बाधक, पर्यटकलाई प्रोत्साहन गरौं

पर्यटन प्रबद्र्धनमा मुख्यरुपमा सरकारले सहयोग गर्नुपर्छ । अस्थिर सरकारका कारण पर्यटन क्षेत्रमा एउटा सचिव २ वर्षसम्म टिक्न नसक्नु बिडम्बना हो । छिटो छिटो सरकार परिवर्तनले पर्यटन क्षेत्र लगायत सबै क्षेत्रलाई अप्ठ्यारो बनाएको छ । बिदेशीलाई भिसा दिन हामी धेरै कन्जुस्याई गरिरहेका छौं । मल्टिपल भिसा दिएर बिदेशी पर्यटकलाई सम्मानको रुपमा हेर्न सिकौं । उनीहरुलाई आकर्षित गर्ने कार्यक्रम ल्याउँ । अहिले चीनका पर्यटकलाई भिसा छुट दिँदा उनीहरुले आफुलाई सम्मान गरेको महशुस गरेका छन् । पर्यटक धेरै भित्रिए भने स्वतः उनीहरुले गर्ने खर्चले मुलुकलाई समृद्ध बनाउनेतर्फ अगाडि बढाउन सकिन्छ ।

क्षेत्रिय पर्यटन विस्तारमा जोड

पश्चिमा मुलुक अमेरिका, जापान, अष्ट्रेलिया लगायतका देशका पर्यटकहरु मौसमी प्रकृतिका हुन्छ । क्षेत्रिय पर्यटकहरु बाह्रै महिना आउन सक्दछन् । त्यसैले क्षेत्रिय पर्यटनको विकास नभएसम्म अन्य देशका पर्यटकले १२ महिना चल्दैन । क्षेत्रिय पर्यटकहरुसँग चाडपर्व, बिदा लगायत कुनै न कुनै सन्दर्भ परेर बाह्रै महिना भ्रमण गरिरहने हुन सक्छन् । र बाह्रै महिना एक न एक किसिमको पर्यटकको आगमन भईरहन सक्छ । क्षेत्रिय पर्यटकलाई केन्द्रित गर्ने हो भने सहजै १५÷२० लाख पर्यटक भित्र्याउन सकिनेछ ।

हवाई भाडा महंगो

नेपाल विशेषतः हिन्दु धर्मालम्बी र बुद्ध धर्मालम्बीको देश हो । यहाँ विश्वसम्पदा सूचिका थुप्रै सम्पदाहरु, प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक लगायत पर्यटनको एथेष्ट प्रोडक्ट छ । तर यहाँ सोचेअनुसार पर्यटक आउन नसक्नु भनेको पहिलो त हवाई भाडा एकदमै महंगो भयो । हामीकहाँ अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फका हवाई भाडा अति नै महंगो छ । सोही कारण लागतको तुलना गर्दै पर्यटकहरु पनि नआउने र अरुसँग प्रतिष्पर्धा गर्न सकिराखेका छैनौं ।

संघीयतामा जाँदा के हुन्छ पर्यटन ?

देश संघीयतामा जाँदा नाट्टाको कार्यक्षेत्र विकास र विस्तार हुनु आवश्यक छ । अहिले हामी पूर्वाञ्चल (मेची, कोशी, सगरमाथा, जनकपुर), केन्द्रमा (वागमति र नारायणी), पश्चिमाञ्चल (गण्डकी, धौलागिरी), सुदुरपश्चिम (कर्णाली, राप्ती, महाकाली र भेरी) मा केन्द्रित छौं । संघीयता अनुसार अब भने सातवटै प्रदेशमा नाट्टाको उपस्थिति रहने गरी बिधान संशोधन हुँदैछ । पर्यटकीय हिसाबले पनि सोहि अनुरुपका कार्ययोजना अगाडि बढाईन जरुरी छ । संघीयताअनुरुप स्वायत राज्य भएपछि कुनै एक प्रदेशका नागरिकले अर्काे प्रदेशका लागि बाधा, अबरोध पुर्याउन पनि सक्छन् । कर, लेबी लगायतका कुरा आउन सक्छन् । भोलिका दिनमा निश्चित प्रदेशमा आवतजावत गर्ने समय निश्चित समयसम्म हुने भनेर तोकिन सक्छ । त्यसपछि बन्द हुन्छ भनिदिन पनि सक्छन् । प्रदेशभित्र आगमन र बहिर्गमनको समय तोकिन सक्छ । त्यसैले पर्यटकीय गतिबिधि र यो व्यवसायलाई असर नगर्ने गरी प्रदेशहरुको विकास गरिनुपर्छ । देशलाई आधुनिकिकरण र शहरीकरणमा परिणत गर्दै जाँदा पर्यटकीय क्षेत्र हराउँदै गएका छन् । यतातर्फ ध्यान दिंदै विकास कार्यले पर्यटन ओझेलमा पर्नुभएन ।

२० लाख पर्यटक आए भने काठमाडौमा कहाँ राख्ने ?

भोलि हामी कहाँ २० लाख पर्यटक आए भने काठमाडौमा राख्ने ठाउँ पनि नहुन सक्छ । हामीले दिने सेवा सुबिधाले नपुग्न सक्छ । अहिले नै हेरौं न एउटा पाँचतारे होटल बनाउनुपर्यो भने सम्भवतः काठमाडौमा जमिनै छैन । किनेर बनाउन असम्भव हुन्छ । त्यसैले अब सरकारले निश्चित स्थानहरुलाई पर्यटकीय गतिबिधिका लागि भनेर विशेष स्थानको घोषणा गर्नुपर्ने खाँचो छ । ताकि भोलिका दिनमा होटेल, अस्पताल लगायतका संरचना तयार गर्न पनि सकियोस् । हामीले राज्यलाई सुझाव पनि दिएका छौं । हिजोका दिनमा ख्याल नगर्दा पर्यटकीय दृष्टिले काठमाडौ सुन्दर हुँदा हुँदै पनि विश्व सम्पदा सूचिमा परेका पर्यटकीय स्थल र केहि धार्मिक स्थान बाहेक अन्य पर्यटकीय स्थल केहि पनि बाँकी छैन ।

नाट्टाको अन्तर्राष्ट्रिय संजाल

नाट्टाले सिंगापुर, मलेसिया, लाओस, भुटान, टाई सँग आपसी पर्यटन विकासका सम्झौता गरेको छ । अहिले भारतको डोमेस्टिक टुर अपरेटर एसोसियसन सँग पनि सहकार्य गर्ने प्रक्रिया अगाडि बढाईएको छ । भियतनाम, म्यानमारमा एसोसियसनले एमओयु (सम्झौतापत्रमा हस्ताक्षर) गर्दैछ । यी सम्झौता र सहकार्यले मुलुकलाई प्रबद्र्धन गर्नेछ । ट्राभल क्षेत्रका एसोसियसनको विश्वव्यापी छाता संस्था युनाईटेड फेडरेसन अफ ट्राभल एजेन्ट एसोसियसन (उफ्टा) को नाट्टा पनि सदस्य छ । अहिले सार्क स्तरीय उफ्टा क्षेत्रिय एलाईन्स बनाएका छौं । व्यवसायीक क्षेत्रको बारेमा अध्ययन गर्ने राम्रो प्लेटफर्म भएको छ ।

रात्री जीवन व्यस्त बनाउनुपर्यो

घरहरुको विस्तार भए सँगै रात्रिको समयमा नाईट क्लबहरुमा ऐतिहासिक, साँस्कृतिक कार्यक्रम गर्न सकिएको छैन । खाना खाने ठाउँमा केहि मज्जा लिनका लागि नाचगान देखाईन्छ । तर त्यसमा पनि स्तरियता छैन । दिनभर घुम्ने पर्यटकलाई राति पनि व्यस्त बनाउन सक्ने कार्यक्रमहरु अगाडि बढाईनु पर्छ । नेपाल आउने पर्यटक दिन भर हिंडेर थाके पछि बेलुका होटल गएर सुत्ने भन्दा अन्य कार्यक्रम नै हुँदैन । कमसेकम राति १ बजेसम्म पर्यटकलाई विभिन्न कला संस्कृतिसँग जोड्न सकियो भने त्यो सम्झना नै उसको लागि अथाहा टुरीजम बन्छ । जसरी मिठो चिज खाँदा मन तृत्प हुन्छ, त्यसरी पैसा तिरेर आईसकेपछि चौबिस घण्टामा १५/१८ घण्टा पर्यटनमै सहभागी गराउन सकियो भने आउने पर्यटकले पनि जीन्दगीभर सम्झिरहन्छ र अरुलाई पनि नेपाल घुम्नुपर्छ भन्ने सन्देश दिन्छ ।

दिनभर हिँडाउने थकाउने अनि सुताउनेको रुपमा मात्र पर्यटनलाई लिनुहुँदैन । काष्ठमण्डपको मन्दिरमा बसेर चिया पिउनु पनि पर्यटन हो । पर्यटकले हेरिटेज साईडमा बसेर मैले चिया खान पाए भन्ने अनुभुति गराउनु अर्काे महत्वपूर्ण पर्यटन हो । हाम्रा अधिकाँस हेरिटेज साईड सात बजे पछि सुनसान हुन्छ, त्यो पनि ठिक भएन । त्यसलाई कमसेकम पनि राति एक बजेसम्म जीवित राख्न सक्नुपर्छ । पर्यटनमा मनोरञ्जन दिलाई दिलाई व्यापार व्यवसाय गर्ने हो ।

लक्ष्य बिनाको घुमफिर वर्ष

सरकारबाट घुमफिर वर्ष २०७३ घोषणा भयो । नेपाल सरकार पर्यटन मन्त्रालय जसले यसलाई घोषणा गरेको हो, उसले हामीसँग कुनै पनि सहकार्य गरेको छैन । यतिसम्म कि सोधपुछ पनि भएको छैन । सोधपुछ मात्रै भएको भए पनि हामीले आफ्नो तर्फबाट गर्न सकिने सहयोग गर्न सकिन्थ्यो होला । यो घोषणा गर्नु राम्रो हो । तर घुमफिर वर्ष कसरी सफल हुन्छ ? यो अभियानमा हामीले कसलाइ कस्तो पर्यटकलाई आकर्षित गर्न खोजेको हो ? नेपाल सरकारको कर्मचारीलाई लक्षित हो भने सबभन्दा पहिले राज्यले निश्चित तहका कर्मचारीलाई निश्चित अबधिसम्मको भ्रमणलाई अनिवार्य गर्नै पर्ने भनेर किटान गरिदिनुपर्यो । यदि नीजि क्षेत्रलाई आकर्षित गर्न खोजेको हो भने निश्चित स्तरभन्दा बढि खुद नाफा कमाउने वा निश्चित तहभन्दा बढि कर तिर्ने कम्पनीले पर्यटनमा रकम छुट्याएमा त्यसमा कर छुट दिन्छु भन्ने केहि न केहि व्यवस्था हुनुपर्यो ।

madhusudan acharya 1

पर्यटक घुम्ने साधन खोई ?

आन्तरिक वा बाह्य पर्यटकहरु घुम्न त जाने तर घुम्न जाने साधन हामीकहाँ कत्तिको पर्याप्त छ ? एउटा स्कारपियो मोटरको न्युनत्तम ५० लाख पर्छ । जबकी भारतमा त्यसको ९ लाख रुपैंया पर्छ । ५० लाखको स्कारपियोमा कति पैसा तिरेर नेपाल घुमेर आउने ? र हवाई यातायतबाट जाउँ भन्ने हो भने कुन–कुन ठाउँमा हवाई यातायातबाट जान सकिन्छ ? आफ्नै सवारी साधन लिएर जाने हो भने हाम्रो पूर्बाधारको अवस्था के छ ? हाम्रो बाटो घाटो कुन खालको पर्यटकलाई उपयुक्त छ ?

रमाउन हो खुट्टा भाँच्न कोहि आउँदैन

वास्तवमा भन्ने हो भने पर्यटकहरु रमाउन आउने हुन्, कोचाकोच यात्रा र हातखुट्टा भाँच्न कोहि पनि आउँदैन । घुमफिर वर्षका लागि एउटा पूर्वाधार त हुनुपर्यो नि । आन्तरिक पर्यटनको लागि उसले आफ्नो स्तर अनुसार प्रयोगमा ल्याउनसक्ने यात्राका साधन हुनुपर्यो ।

पर्यटकीय बस कुनै पनि स्तरीय छैनन्

पर्यटकीय हिसाबले हामी कहाँ भएका पर्यटकीय बस न्यूनभन्दा न्यून स्तरका हुन् । काठमाडौ, पोखरा, चितवन लगायत स्थानमा जुन खालका बस चलेका छन्, हामी त्यसलाई पर्यटकीय बस भन्छौं । हरियो प्लेट पनि दिएका छौं । त्यो हाम्रो बाध्यता हो । ती पर्यटकीय स्तरका बस नै होईनन् र छैनन् । लागतको हिसाबले त्यो भन्दा सुबिधाजनक बस ल्याउने विकल्प पनि छैन । यदि त्यस्तै बस ल्याईयो भने लागत उठाउने कहिले ? एउटा भोल्भो ल्याउँदा दुई करोड पर्न खोज्छ । हिनोको बस साँढे दुई करोड नाघ्छ । साँढे दुई करोड रुपैंया लगानी गरेर नेपालको बाटोमा कहिले पैसा उठाउने ?

काठमाडौबाट चितवन जाँदैमा घुमफिर वर्ष हुँदैन । ती स्थानमा त मानिसहरु गईरहेकै छन् । नयाँ उत्कृष्ट गन्तव्यमा लैजाने कार्यक्रम र लक्ष्य लिनुपर्छ । तथ्याँकमै उल्लेख गरेर तोकिएको नयाँ गन्तव्यमा लक्ष्यअनुरुप मानिसहरुलाई लैजान सक्नुपर्यो । त्यसका लागि विभिन्न क्षेत्रहरुलाई सुबिधा, छुट र आकर्षण दिएर गन्तव्यको प्रबद्र्धन गर्नुपर्यो । कुनै पनि घोषणा मात्रै ठूलो कुरा होईन । त्यो संगसंगै समानान्तररुपमा दिने आपूर्ति र पूर्बाधारका प्रतिबद्धताका कुराहरु आउनुपर्दछ । जस्तो पर्यटन वर्ष २०११ मा नेपाल वायुसेवा निगममा २ वटा जहाज किन्ने भन्ने थियो पूरा भयो त ! अहिले त बढि ब्याज (९ प्रतिशत) मा व्यवसायीहरुले जोखिम उठाईरहेका छन् । २० लाख पर्यटक भित्र्याउने हो भने सोहि किसिमका सरकारी प्रतिबद्धता आउनुपर्यो । भोलिका दिनमा पोखरा र लुम्बिनी लगायत अन्तर्राष्ट्रिय बिमानस्थल बनेनन् भने १५ लाख पर्यटक नेपाल ल्याउन पनि मुस्किल छ ।

नाट्टाले आजसम्म गरेका र आगामि दिनमा गर्ने महत्वपूर्ण कार्यहरु :

– नाट्टाको विगतका कार्यसमितिबाट छुटेका र सदस्य एवं व्यवसायीका हकहितका विषयमा भएका पुराना ऐनकानुनलाई संशोधन गर्ने कार्य सम्पन्न गरेको छ ।
– यातायात कार्यबिधि परिमार्जन गरी डिजेल कारहरुपनि हरियो प्लेटमा दर्ता हुन पाउने व्यवस्था गरिएको छ । अब डिजेल गाडी पर्यटन गाडीमा दर्ता भएर गुड्न सक्छन् ।
– हरियो प्लेटका सवारी साधनको हकमा रहँदै आएको अव्यवहारिक नियम र कार्यबिधिलाई विभागबाट परिमार्जन गराएर मन्त्रालयबाट स्विकृत गराई व्यवहारिक नियम र कार्यबिधि लागू गराईएको छ ।
– पर्यटन इजाजत कार्यबिधि अनुसार नविकरण नभएका कम्पनीहरुलाई पुनः नविकरणको बाटो खुल्ला गराईएको छ ।
– होटल, आन्तरिक हवाईसाधनमा देखिएका धेरै समस्या समाधान भएका छन् ।
– एयरलाईन्स, टिकेटिङ सम्बन्धी नयाँ–नयाँ प्रोडक्ट बजारमा आइरहेको अवस्थामा नयाँ प्रोडक्टको प्रयोगसम्बन्धी अन्तक्रिया, प्रशिक्षण र तालिम कार्यक्रम अगाडि बढाउने चरणमा छौं ।
– ट्राभल व्यवसायीले समेत तालिम लिनसक्ने गरी म्यानेजर (व्यवस्थापक) लेभलको तालिम प्रदान गर्ने उदेश्यका साथ आवश्यक विषयसूचि र कार्यतालिका तयार गरिरहेका छौं ।हाम्रा व्यवस्थापकहरुले विकसित देशकाहरु सँग प्रतिष्पर्धा गर्न म्यानेजर लेभलको यो तालिम सबैभन्दा महत्वपूर्ण हुनेछ ।
– २०१७ मा अन्तर्राष्ट्रिय स्तरको पर्यटन मार्ट÷ट्राभल मार्ट गर्नेर्छाैं । नाट्टाको अग्रसरतामा यो कार्यक्रम हुनेछ । सरकार, नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गरिने मार्टले नेपाल पनि अन्तर्राष्ट्रिय स्तरमा ट्राभल एक्जिबिसन गर्ने फ्लोरको रुपमा नेपाललाई स्थापित गर्ने अपेक्षा लिएका छौं । त्यस्तै व्यवसाय विस्तारमा सहयोग पुग्नेछ ।
– आगामि डिसेम्बरमा नाट्टाले पचासौं (वर्षगाँठ) गोल्डेन जुब्ली (स्वर्ण जयन्ती) मनाउँदैछ । त्यसबेला अन्तर्राष्ट्रिय स्तरका अतिथिहरुको आगमन हुनेछ । यसले पनि नेपालको पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पुग्नेछ ।
– सूचना प्रबिधिको युगअनुरुप सबै किसिमका तालिम प्रदान गर्नसक्ने भवन संरचना सहित यो कार्यसमितिले नाट्टाको नयाँ भवन निर्माण गर्नेछ ।
– पर्यटकीय पूर्बाधार निर्माणका विषयमा सरकारलाई घच्घच्याउने र पर्यटकलाई छुट हुने हिसाबले हवाई सेवामा सुबिधा दिनेतर्फ पहलकदमी अगाडि बढाउनेछौं ।
– पर्यटनमा नीजि क्षेत्रको लगानी बढाएर देशै पर्यटनमय बनाउनतर्फ नाट्टाले पहल गर्नेछ ।
– पर्यटन प्रबद्र्धनका धेरै काम गरिनेछ । पश्चिम क्षेत्रको पर्यटनलाई विशेष केन्द्रित गरेर अगाडि बढिरहेका छौं ।

पर्यटनमा ठूलो थ्रेट

अगामि दिनमा पर्यटनमा ठूलो थ्रेट (चुनौति) छ । भोलि सम्भावित ग्राहकहरु अन्यत्र जानसक्ने ठूलो थ्रेट छ । हामी धनी संरचना र विश्वमा भ्रमण गर्नैपर्ने मुलुकको सूचिमा छौं । तर हाम्रो गतिबिधिलाई बेलैमा सुधारेनौं भने पछि पर्दै जानेछौं । हाम्रो सर्भिस लेभल अन्तिमबाट गन्दै आउने हो भने विश्वकै ५ औं मा पर्दछ । सर्भिस डेलिभरी, कमिटमेन्ट, सेक्युरिटी, वातावरण सबै हेर्यो भने साह्रै कमजोर छ । हामी अत्यत्यै न्यूनमा छौं । त्यसैले हामीले बेलैमा ध्यान दिनुपर्नेछ, ताकि आर्थिकरुपले सम्पन्न मानिएका पर्यटकले नेपाल बारे सकारात्मक सन्देश प्रवाह गरेर भोलिका दिनमा थप पर्यटक भित्र्याउन सकियोस् ।

नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) का अध्यक्ष आचार्यसंग अर्थतन्त्रका लागि रामेश्वर कार्की र हरिशरण न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित : २१ साउन २०७३

 

वि.सं.२०७३ साउन २१ शुक्रवार १५:४५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...