back
NMB ad

सडकले पदमार्गलाई विस्थापित होटल तथा रेस्टुराँसमेत बन्द हुने अवस्थामा !

Kumari bank ad

म्याग्दी । केही वर्ष अगाडिसम्म पर्यटकको निकै चहलपहल हुने म्याग्दीको घार, शिख र फलाटेका होटल अहिले सुनसान बनेका छन् ।

सडक सञ्जालको विस्तारले विश्वमै प्रसिद्ध राउन्ड अन्नपूर्ण पदयात्राले समेटिएको पोखरेबगर–घार–शिख हुँदै घोरेपानी पुग्ने यस खण्डको पदमार्गमा पर्यटकको आगमन घट्न थालेपछि होटल सुनसान बनेका हुन् । पदमार्ग हुँदै सडक विस्तारले धुलो, हिलो र सवारीसाधनको आवतजावत हुन थालेपछि त्यस खण्डको पदमार्गमा पर्यटक आउन छाडेको स्थानीय बताउँछन् ।

सडकले पदमार्गलाई विस्थापित गराएसँगै यस खण्डमा सञ्चालित होटल तथा रेस्टुराँसमेत बन्द हुने अवस्थामा पुगेका छन् । पहिले दैनिक सयौँ पर्यटक आवातजावत गर्ने भए पनि अहिले यो पदमार्ग हुँदै निकै कम मात्रामा पर्यटक आउने गरेको घार–६ का होटल व्यवसायी सक्कली बरुवालले बताए । “पर्यटक आउँदा हामीलाई भ्याइनभ्याइ हुन्थ्यो, सडक विस्तार पछि पर्यटकको आगमन नै घट्यो, पहिलेदेखि गर्दै आएको होटल व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको छ, बरुवालले भने ।” अहिले बेनी–जोमसोम सडकखण्डअन्तर्गत पोखरेबगरदेखि घार, शिख हुँदै घोरेपानी नजिक चित्रेसम्म सडक विस्तार भएको छ ।

पदमार्गको अधिकांश भाग अहिले सडकमा परिणत भएको देखिन्छ । कास्कीको नयाँपुल, वीरेठाँटी, घान्द्रुक, घोरेपानी हुँदै तातोपानी, जोमसोमसम्मको पदयात्राका लागि प्रमुख पदमार्गको रुपमा चिनिएको यो खण्डमा सडकले पदमार्ग विस्थापित गराएपछि पर्यटक आउन छाडेका हुन् ।

पहिले दैनिक २/३ सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने भए पनि अहिले फाट्टफुट्ट रुपमा मात्रै पर्यटक आउने गरेको शिख–३ फलाटेमा बराही गेट हाउस सञ्चालन गरेका खेम शेन्च्युरीले बताए । पदमार्ग क्षेत्रमा भएका दर्जनौँ होटल पर्यटकीय याममा समेत बन्द अवस्थामा छन् । फाट्टफुट्ट खुलेका होटलमा पनि एकाध पर्यटक मात्र आउने गरेको होटल व्यवसायी बताउँछन् ।

सुविधा सम्पन्न र पर्यटन लोभ्याउने गरी बनाइएका होटल यतिबेला पर्यटकको पर्खाइमा छन् । पर्यटकीय याममै पदमार्ग सुनसान बनेपछि होटल व्यवसायी पनि निराश छन् । मोटरबाटो विस्तार नहुँदासम्म घान्द्रुक–घोरेपानी हुँदै तातोपानी निस्केर मुक्तिनाथ जाने प्रमुख पदमार्ग यही भए पनि सडक विस्तारपछि भने वैकल्पिक पदमार्ग हुँदै पर्यटक आवतजावत गर्न थालेको घोरेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले बताइन् ।

२५ मङ्सिर

वि.सं.२०७३ मंसिर २५ शनिवार १८:१३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...