back
NMB ad

नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदानः बस्नेत

Kumari bank ad

भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभामा उनले दलहरूबीच सहमति बिना कुनै पनि निर्णय गरेर अगाडि बढे देशका लागि घातक हुने बताए ।

नेता वस्नेतले संविधान संशोधन लगायतका विषयमा हाल दलहरुबीच जारी विवादलाई पनि सहमतिबाटै निकास निकालेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै जबरर्जस्ती अगाडि बढे देशलाई नोक्सान हुने बताए । देशमा राजनीतिक अस्थिरता बढ्दै जाँदा नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदान बन्न थालेको बताउँदै उनले भने,“नेपाललाई अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदानको रुपमा प्रयोग गर्न खोजिएको छ, यसबाट सरकार सजग हुने बेला आएको छ ।”

विदेशी शक्तिको दबाबमा नेपाली राजनीति चल्ने प्रवृत्ति हट्न नसक्दा नेपालमा विदेशी प्रभाव बढ्दै गएको औल्याउँदै उनले सबै दलहरु मिलेर देशलाई अगाडि लैजान सके विदेशी चङ्गुलबाट बच्ने बताए।

सो अवसरमा राष्ट्रिय सहकारी बैँकका सञ्चालक ज्ञानबहादुर तामाङले नेपालका ५५ लाख नागरिक सहकारीमा आवद्ध भएको र चार लाखले प्रत्यक्ष रुपमा रोजगारी पाएको चर्चा गर्दै सरकारी, निजी र सहकारी अभियान सफल पार्नुपर्नेमा जोड दिए ।

भक्तपुर उद्योग वाणिज्य सङ्घका महासचिव शिव मानन्धर, नागरिक अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वालगायतले उद्योग एवम् व्यवसाय प्रवद्र्धन गर्नसके देशमा आर्थिक सङ्कट कहिल्यै नआउने बताए ।

प्रकाशित मितिः २०७३ पुस १५

वि.सं.२०७३ पुस १५ शुक्रवार १७:१४ मा प्रकाशित

You can share this post!

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...