back
NMB ad

प्राविमा शिक्षक छनौट : नतिजा अघिअघि, परीक्षा पछिपछि

Kumari bank ad

मकवानपुर । परीक्षा पछि नतिजा आउँछ कि, नतिजा पछि परीक्षा हुन्छ ? सबैको साझा जवाफ हुन्छ परीक्षा पछि नतिजा आउँछ । तर यो कलि हो, यहाँ नतिजा पछि परीक्षा हुँदा पनि अचम्म नमाने हुन्छ । यस्तै भयो थाहाका प्रणेता मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ दम्कीस्थित जनता प्राबिमा शिक्षक छनौटका लागि सोमबार लिईएको परीक्षामा ।

समाजलाई सही मार्ग देखाउनु पर्ने शिक्षक नै अनियमित कार्यमा लागेर जग हसाई गरेका छन । यसका मूख्य पात्र हुन बिद्यालयका प्रधानअध्यापक राजकुमार केसी । केसीले आफ्ना दाजु बिमलकुमार केसीलाई परीक्षामा सफल बनाउन के मात्रै गरेनन ? सबै गरे । शिक्षक सेवा आयोगमा लिखित परीक्षा उतीर्ण भइ आबेदन दिन गएकालाई डरधम्की देखाए । त्यसमा केहि नलागे पछि दरखास्त आव्हान गरिएको अन्तिम मिति सकिएपछि करार सूचीमा रहेका उम्मेदवार खडा गरी दुबैको उम्मेदवारी फिर्ता लिन लगाए ।

दरखास्त आव्हान गरेको डेढ महिना पछि हेटौंडामा सोमबार परीक्षा भयो उम्मेदवार थिए– कविता कडेल, जमुना नेपाल, शान्तिमाया गोले र केसीका दाजु बिमलकुमार केसी । नतिजाबारे सुनेर बिमललाई पढाउने एक शिक्षकले आश्चर्य माने । शिक्षक छनौटका लागि शैक्षिक योग्यता, लिखित परीक्षा र अन्र्तबार्ता गर्ने गरिन्छ । तर सबैमा कमजोर उम्मेदवार सफल भएको घोषित हुन्छ, आफ्नो हात जगन्नाथ भनेको यही त होला ।

‘आफन्तलाई जागीर खुवाउन, परीक्षामा आलटाल’ यही शीर्षकको समाचार गएको फागुन २६ गते नै पत्रिकामा आएका थिए । यही समाचारलाई सत्य साबित गर्ने गरी नै सोमबार नतिजा आयो, बिमल परीक्षामा सफल भएको सार्बजनिक भयो । दुई नम्बर वा बैकल्पिक सूचीमा नाम आयो, कविताको । तिनै कबितालाई परीक्षा शुरु हुनु एकघण्टा अगाबै मात्रै फोन गरी परीक्षामा सामेल हुन नपाउने निर्णय सुनाए प्रअ राजकुमारले टेलिफोनमा । कारण थियो– शिक्षकको स्थायी अनुमति पत्रमा जिल्ला शिक्षा कार्यालयको छाप नभएको भनेर ।

उम्मेदवार कबिताको प्रश्न थियो– एक महिना अगाबै बुझाईएको कागजात त्रुटिपूर्ण छ भन्ने कुरा थाहा थियो, भने एक घण्टा अगाडि मात्रै किन भनियो ? नियत खराब भएपछि गर्ने कि ? जिल्ला शिक्षा कार्यालय मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारीले प्रमाणपत्रमा समस्या नभएको परीक्षामा बस्न कसैले रोक्न नसक्ने आश्वस्त पार्दा पनि फेरी रोक्न खोजियो । जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले कबुलियत नामा गराएर परीक्षामा सामेल गराउनु भन्ने मौखिक आदेशले परीक्षामा बस्न पाइन ।

शिक्षक सेवा आयोगले लिएको शिक्षक अध्यापन अनुमति पत्रको सम्पूर्ण बिबरण अनलाईनमा राखेको छ । त्यसलाई भिडाएर हेर्न सक्ने ब्यबस्था हुँदाहुँदै ती बिज्ञ शिक्षकहरुको आलटाल किन ? किनकी नतिजा पहिले नै थाहा छ, बिमल केसीलाई नै जागिर खुवाउन सबैको जोड बल छ । परीक्षा लिनका लागि प्रअ, बिद्यालय निरिक्षक, ब्यबस्थापन समितिका अध्यक्ष र बिज्ञ बस्छन । सबै मिल्ने र बिषय बिज्ञ पनि आफूले रोजेको राखेपछि त आफ्नो हात जगननाथ भइहाल्यो ।

यसअघि शिक्षक छनौटको लागि दरखास्तको समय सकिएको लामो समय भइसक्दा पनि परीक्षाको मिति नतोकेको भन्दै बिरोध जनाउँदा राजकुमारले भन्ने गर्थे यहाँ निजीस्रोतमा कार्यरतलाई गर्ने हो, तपार्इँ बाहिरका हुने हैन भन्ने जवाफ दिने गरेको उम्मेदवारहरुले बताएका छन ।
बिद्यालय निरिक्षकले समय नदिएकाले परीक्षाको ढिलो भएको बताउने केसीले अहिले परीक्षा निष्पक्ष भएको दाबी गर्छन । उम्मेदवारहरु परीक्षामा अनियमितता भएको भन्दै बिमललाई नियुक्ति नदिन मागसहित जिल्ला शिक्षा कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडा पुगेका छन । परीक्षा अगाबै उम्मेदवारले मौखिक उजुरी गराउँदा यस्ता बिषयमा अख्तियार पछि लाग्दैन भनेर टर्रो जवाफ दिने अख्तियारका मध्यमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख डुल्लुराज बस्नेतले अब लिखित उजुरी पर्दा केहि गर्लान कि ? चुप लाग्लान ?

क्रान्तिकारी पत्रकार संघ र शिक्षक संघको जिल्ला नेता बताउने केसीले समाचार बारे बुझ्दा पत्रकारिता र पत्रकार आफूले चिनेको चेतावनी दिए ।

१६ चैत २०७२ / १:०६

वि.सं.२०७२ चैत १६ मंगलवार १३:०९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...