back
NMB ad

मेस्सीको गोल गर्ने लगातारको प्रयास बिफल, बार्सिलोना क्वाटरफाइनलबाट बाहिर

Kumari bank ad

इटालीका अनुभवी कप्तान तथा गोलरक्षक जियानलुइगी बुफोनको नेतृत्वमा डिफेन्डर जियोर्जियो चिलिनी, लियोनार्दो बोनुसी, डानी आल्भेस र एलेक्स सान्ड्रोजस्ता डिफेन्डरले ९० मिनेट घरेलु टोलीलाई आफ्नो मजबुत डिफेन्स लाइन–अप तोड्न नदिएपछि युभेन्ट्स च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ।

बार्सिलोनाका तीन स्टार स्ट्राइकर लिओनल मेसी, नेइमार र लुइस सुआरेजलाई चट्टान जस्तो आफ्नो डिफेन्स लाइन–अपमा अल्झाउन सफल भएपछि इटालियन क्लब २ वर्षपछि पुनः च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न सफल भएको हो।

बार्सिलोनालाई गत साता आफ्नो घरेलु मैदान टुरिनमा पहिलो लेगको खेलमा ३–० ले हराउनु नै युभेन्ट्सका लागि सेमिफाइनल प्रवेश गर्ने बाटो बन्यो। सन् २००३ को च्याम्पियन्स लिगमा बार्सिलोनालाई क्याम्प नोउमा २–१ गोलले हराउदै युभेन्ट्स पछिल्लो पल्ट सेमिफाइनल पुगेको थियो। १४ वर्षपछि क्याम्प नोउमा कुनै गोल नगरे पनि इटालियन क्लबले सेमिफाइनल पुग्दै त्यो खेलको झल्को दियो।

बार्सिलोनाका स्ट्राइकर त्रेय च्याम्पियन्स लिगको २१ खेलपछि क्याम्प नोउमा विपक्षी टोलीविरुद्ध गोल गर्न असफल भएका हुन्। युभेन्ट्सका लागि आजको खेल दुई वर्षअघि च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाबाट भोगेको पराजयको बदला पनि थियो।

बार्सिलोनाका खेलाडीलाई निकै कडा ‘मार्किङ’ मा राखेको युभेन्ट्सले कुनै पनि बेला घरेलु टोलीका स्ट्राइकरलाई खुलेर प्रहार गर्न दिएन। बार्सिलोनाको ‘एयर, थ्रुँ, क्रस र वाल’ ४ वटै पासलाई आफ्नो डिबक्स भित्र इटालीका डिफेन्डरहरुले विफल तुल्याए।

९० मिनेटको अवधिभरी बार्सिलोनाका स्टार स्ट्राइकर मेसीले युभेन्ट्सको डिफेन्स तोड्न थुप्रै प्रयास गरेका थिए। उनले पहिलो हाफको ३१ मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार जियानुलुइगी बुफोनले रोकेका थिए। बुफोनविरुद्ध मेसीले अहिलेसम्म कुनै गोल गर्न सकेका छैनन्। आज पनि बुफोनले विश्वका खतरनाक स्ट्राइकरलाई आफूमाथि हावी हुन दिएनन्।

पहिलो हाफको यो प्रहारबाहेक उनले १९ मिनेटमा डिबक्स भित्र जोडी अल्बालाई ३५ यार्ड टाढाबाट सुन्दर पास निकालेका थिए। तर, अल्बाले अन्तिम क्षणमा बललाई दिशा दिलाउन नसक्दा सम्भावित गोलको अवसरबाट बार्सिलोना चुकेको थियो। मेसीले २० मिनेटमा डिबक्सभित्र अर्को एउटा मौका पनि पाएका थिए। तर, उनले हानेको बलले दोस्रो बारको दिशा लिन नसक्दा बल गोल पोस्टबाट बाहिरिएको थियो।

दोस्रो हाफमा मेसीले वाल पास बनाएर गोल गर्ने थुप्रै प्रयास गरे। तर, यहाँ पनि उनी सफल हुन सकेनन्। पहिलो हाफमा छिटै गोल निकाल्न नसक्दा बार्सिलोनाका खेलाडीमा निरासा छाएको प्रष्ट देखिन्थ्यो। ९० मिनेटसम्म बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेपछि युभेन्ट्स समग्रमा ३–० को अग्रता बनाउदै सेमिफाइनल प्रवेश गर्यो।

टुरिनमा अर्जेन्टिनी स्ट्राइकर पाउलो डायबालाले हानेको २ गोल नै युभेन्ट्सलाई अन्तिम ४ मा प्रवेश गर्न पर्याप्त बन्यो। उनी आज पनि मैदानमा उत्रिएका थिए। तर, डिफेन्सिभ नीति अपनाएको युभेन्ट्सले प्रहारभन्दा बललाई बढि समय आफ्नो नियन्त्रणमा राख्ने प्रयास गर्यो। जसका कारण उनी त्यति प्रभावशाली देखिएनन्।

बार्सिलोना लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गर्न असफल भएको हो। गत वर्ष उसलाई क्वाटरफाइनलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले रोकेको थियो।

यो सिजन पनि च्याम्पियन्स लिगबाट चाँडै बाहिरिएपछि बार्सिलोनाका अगाडि अब स्पेनिस लिगको उपाधि जित्ने दबाब बढेको छ। तर, स्पेनिस लिगमा पनि ऊ रियल म्याड्रिडभन्दा एक खेल बढि खेलेको अवस्थामा ३ अंकले पछाडि छ।

प्रकाशित मितिः २०७४ बैशाख ७

वि.सं.२०७४ वैशाख ७ बिहीवार ०९:५६ मा प्रकाशित

You can share this post!

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...