बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी अहिले निकै राम्रो फर्ममा छन् । उनले बार्सिलोनाबाट प्राय सबै खेलमा गोल गरेका छन् । उनले बार्सिलोनाको २२ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।
मेस्सीले ला लिगा अन्तर्गत शनिबार राति भएको एथ्लेटिको बिल्बाओसँगको खेलमा फ्रि–किक मार्फत गोल गरे । यो वर्ष सिधै फ्रि–किकबाट गरेको यो मेस्सीको चौथो गोल थियो । समग्रमा मेस्सीले बार्सिलोनाका लागि अहिलेसम्म सिधै फ्रि–किकबाट २७ गोल गरेका छन् ।
योसँगै उनी सिधै फ्रि–किकबाट सबै भन्दा धेरै गोल गर्ने बार्सिलोनाका खेलाडी बनेका छन् । उनले रोनाल्ड कोएम्यानले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनामा रहँदा बनाएको कीर्तिमान तोडेका हुन् । कोएम्यानले २६ फ्रि–किक गोल गर्दै कीर्तिमान बनाएका थिए । मेस्सीले यो सिजन ला लिगामा अहिलेसम्म १६ गोल गरिसकेका छन् ।
प्रकाशित मितिः २०७३ माघ २५
वि.सं.२०७३ माघ २५ मंगलवार ०७:४१ मा प्रकाशित