back
NMB ad

मिस नेपाल अस्मी श्रेष्ठ मिस वल्डको फास्ट ट्रयाकमा, के आउलिन् त टप २० मा ?

Kumari bank ad

काठमाण्डौँ । नेपाल सुन्दरी अस्मी श्रेष्ठले अमेरिकाको समय अनुसार आइतबार राति हुने मिस वर्ल्ड सौन्दर्य प्रतियोगिताको टप २० मा पुग्ने सम्भावनाको ढोका खोलेकी छिन्।

मिस वर्ल्ड प्रतियोगितामा फास्ट ट्र्याक सिस्टम राखिएको छ। यस अन्तर्गत पाँच वटा च्यालेन्जिङ इभेन्ट हुने गर्छ, स्पोर्टस्, टप मोडल, ट्यालेन्ट, मल्टिमिडिया र ब्युटी विद् दि पर्पोज। हरेक श्रेणीका एक विजेता स्वतः टप २० मा छनौट हुन्छिन्।

मिस नेपाल अस्मी श्रेष्ठ ब्युटी विद् दि पर्पोजमा फाइनलिस्ट भएकी छिन्। प्रतियोगितामा सहभागी ११७ सुन्दरीहरु मध्येबाट फास्ट ट्रयाकको टप फाइभमा उनी परेकी छिन्।

टप फाइभमा उनीसँगै मिस इन्डिया प्रियदर्शिनी चटर्जी, मिस इन्डोनेसिया नताशा मन्नुएला, मिस केन्या इभलिन थुङ्गु र मिस फिलिपिन्स क्याटोरिना ग्रे रहेकी छिन्। पाँच जना मध्ये कसले उपाधि जित्ने हो, मिस वर्ल्डको नेपाली समय अनुसार भोलि हुने प्रतियोगिताको फाइनलमा घोषणा हुनेछ। अस्मीले उपाधि जिते उनी स्वतः मिस वर्ल्डको टप २० मा पुग्ने छिन्। मिस नेपाल अस्मी श्रेष्ठले भूकम्पको विध्व‌ंश, पुननिर्माणको प्रयासलाई शिक्षासँग समेटेर क्लासरुम एन्ड वियोन्ड शीर्षकमा ब्युटी विद् दि पर्पोजको भिडियो बनाएकी थिइन्।

यसअघि मिस नेपाल इशानी श्रेष्ठले मिस वर्ल्डको ब्युटी विद् दि पर्पोज उपाधि जितिसकेकी छिन्। मिस वर्ल्डमा नेपालले जितेको यही एक मात्र उपाधि हो।

३ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस ३ आइतवार १२:२२ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...