back
NMB ad

जिमखाना प्रिक्समा जाने खेलाडीलाई बिदाई

Kumari bank ad

काठमाडौं । ताइवानमा आयोजना हुने अटो जिमखाना प्रिक्समा सहभागी हुने खेलाडीलाई एक कार्यक्रमका बीच विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका कानुनी सल्लाहकार ओम थपलिया, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई तथा नासा प्लेयर्स कमिसनका संयोजक उपेन्द्र प्याकुरेल लगायतले उनीहरुलाई बिदाई गरेका हुन् । उक्त प्रतियोगितामा नेपालको तर्फबाट सौरभमान श्रेष्ठ र रोभित श्रेष्ठ ड्राइभरको रुपमा सहभागी हुने छन् । त्यसैगरी नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तर्फबाट अफिसियलको रुपमा सीताराम न्यौपाने सहभागी हुने छन् ।
आगामी सेप्टेम्बर २४ र २५ मा ताइवानको ताइचुङ सिटीस्थित लिपाओ इन्टरनेसनल सर्किटमा उक्त प्रतियोगिता हुनेछ । यो एसिया प्यासिफिक स्तरको जिमखाना प्रिक्स हो । मोटर रेसिङको अन्तर्राष्ट्रिय संगठन फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) र चाइनिज ताइपेई मोटर स्पोर्ट्स एसोसिएसन (सीटीएमएसए) ले संयुक्त रुपमा एसिया प्यासिफिक क्षेत्रमा प्राथमिक स्तरको मोटर स्पोर्ट्सको विकासका लागि उक्त रेसिङ सर्किटको डिजाइन गरेका हुन् । एसिया प्यासिफिक क्षेत्रका ३२ ड्राइभर यो प्रतियोगितामा सहभागी हुने छन् ।

nasa sports 1
जिमखाना एक प्रकारको मोटर स्पोर्ट्स इभेन्ट हो । प्रत्येक ड्राइभरले कार कन्ट्रोल र ह्यान्डलिङका विभिन्न प्रदर्शनीका आधारमा यसमा प्रतिस्पर्धा गर्नु पर्छ । यसमा एक प्रकारको ट्रयाक निर्माण गरिएको हुन्छ र ट्राफिक नियम पालना नगरे वा ट्रयाक मार्कर छोएमा दण्ड समेत तिर्नु पर्छ । यसैका आधारमा अंक निर्धारण हुन्छ ।

वि.सं.२०७३ असोज ५ बुधवार २०:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...