back
NMB ad

कोलोराडोमा सरस्वती पूजासंगै कवि गोष्ठी सम्पन्न

Kumari bank ad

नातिबाबु भट्ट

कोलोराडो, अमेरीका । नेपाली भाषा, साहित्य, कला तथा संस्कृती जोगाई राख्ने उद्धेश्यले आयोजना गरिएको सरस्वती पूजा संगै कवि गोष्ठी कोलोराडोमा शनिबार सम्पन्न भयो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा बसन्त पञ्चमीको अवसर पारेर विद्याकी देवी सरस्वतीको पूजा आरधाना संगै कवि गोष्ठि समारोह सम्पन्न गरिएको हो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवि कवयत्री, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।

कार्यक्रमको शुरुमा पण्डित जिवन बराल र अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले सरस्वती स्त्रोत्र पाठ संगै मन्त्रो चच्चारण गरेका थिए, भने आमा भवानी ढुङ्गेलले सरस्वती पुजा वधिबत् रुपमा गर्दै कार्यक्रमको सुभारम्भ गरेकी थिईन् । संख घण्टको धुन संगै सुरु भएको कार्यक्रममा उपस्थित सबैले सरस्वतीमाताको पुजा आरधाना गरेका थिए ।

साना बाल बालिकाहरुको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा ८३ बर्षिया बयोबृद्ध केशवराज मिश्रले उपस्थित सबै बाल बालिकाहरुलाई कापीकलम बितरण गरि ५ बर्षिय आदित्य बरालको हात समाई “क” लेख्न सिकाएका थिए ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण मुरारी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिब श्याम श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने, सदस्य धन पौड्यालले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।
कार्यक्रमको दोश्रो शत्रमा हालै दिबंगत कला भुषण, प्रेमा शाह र रमेश ताम्राकारलाई संझदै शुरुगरिएको कवी गोष्ठीमा झण्डै डेड दर्जन भन्दा बढि कवि, कवयत्री, गायकहरुले आ–आºनो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य र श्रृंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए । यसरी सृजना प्रश्तुत गर्नेहरुमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, प्रोफेसर तथा डा. बिकाश सिटौला, साहित्यकार ज्ञानेन्द्र गदाल, कुमारजंग कार्की, टिका पौड्याल, शमिर आचार्य, श्याम श्रेष्ठ, प्रमिला शर्मा, बासु खनाल, साबु गदाल, हरी अधिकारी, धन पौड्याल, कृष्णमुरारी ढुङ्गेलले रहेका थिए । कार्यक्रममा जिवन बरालले हार्मोनियम र बांसुरीबाट सरस्वती स्तोत्र र ५ बर्षिय बालक आदित्यले गीत गाएका थिए । सोही कार्यक्रममा च्याप्टरका उपाध्यक्ष मिना पौड्यलले नव नियुक्त पर्यटन दुत साबु गदाललाई खादा ओडाएर सम्मान गरेकी थिईन् ।

मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आनो भाषा सस्कृती, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।

नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

२०७४ माघ १४ गते प्रकाशित

वि.सं.२०७४ माघ १४ आइतवार १७:१० मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...