काठमाडौँ । नेशनल इन्स्योरेन्स कम्पनीले जोखिमपूर्ण काम गर्ने सशस्त्र प्रहरी बलका गोताखोरलाई रु दुई लाख बराबरको बीमा गर्ने भएको छ ।
कम्पनीले पत्रकार सम्मेलन मार्फत दिइएको जानकारीअनुसार विपद् व्यवस्थापनमा निरन्तर खटिने गोताखोरको निःशुल्क बीमा गर्न लागिएको हो ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गणले सडक दुर्घटना, बाढीपहिरो तथा अन्य विपद् व्यवस्थापनमा सक्रिय योगदान गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा प्रनव सेनले सामाजिक उत्तरदायित्वसहितको सेवाका लागि जोखिमयुक्त काम गर्ने गोताखोरको बीमा गर्न लागिएको जानकारी दिए ।
कम्पनीले एक महिनाभर सबै व्यक्तिगत बीमाकर्ताको मोटर, स्वास्थ्य र गृहस्थतर्फ रु एक लाख बराबरको बिमांक बराबरको निःशुल्क सेवा दिने कार्यक्रम अगाडि सारेको छ ।
भारतमा स्थापना भएको उक्त कम्पनीको नेपालमा ११ शाखा र सेवा केन्द्र रहेका छन् ।
प्रकाशित मिति : १९ मंसिर २०७४
वि.सं.२०७४ मंसिर १९ मंगलवार २१:११ मा प्रकाशित