back
NMB ad

३० प्रतिशत बोनस बाँडेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत बोनस दिंदै, साथमा ७५ प्रतिशत हकप्रद

Kumari bank ad

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनेक्रममा कम्पनीले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

नेशनल लाइफले यसअघि आर्थिक वर्ष २०७१/७२ को नाफाबाट ३० प्रतिशत बोनस सेयर दिइसकेको छ । कम्पनीले यसअघि सोही ३० प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा एक सय प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर बिमा समितिले निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब मात्र पुर्याए हुने व्यवस्था गरेपछि कम्पनीले लगानीकर्तालाई फेरि २५ प्रतिशत बोनस सेयर दिने र यसअघि घोषणा गरिएको एक सय प्रतिशत हकप्रदको सट्टा अब ७५ प्रतिशतमात्र हकप्रद सेयर दिने निर्णय गरेको हो ।

यसआधारमा अब यसअघि एक सय प्रतिशत हकप्रद दिने भनेको ठाउँमा अब लगानीकर्ताले ७५ प्रतिशतमात्र हकप्रद भर्नैछन् । लगानीकर्ताले बाँकी २५ प्रतिशत बोनस सेयर नै पाउनेछन् । यसबाट लगानीकर्तालाई केही घाटा नहुने अझ बोनस दिइने भएकाले हकप्रदमा कम पैसा तिरे पुग्ने कम्पनीको भनाई छ ।

नेशनल लाइफ इन्स्योरेन्सका कम्पनी सचिव सुरेशप्रसाद खत्रीद्धारा जारी विज्ञप्तीअनुसार यसअघि एक सय प्रतिशत हकप्रद सेयर दिने घोषणा गरिएकोमा त्यसमा परिमार्जन गरी लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने र बाँकी ७५ प्रतिशत मात्र हकप्रद जारी गर्ने निर्णय गरिएको छ । यसअनुसार लगानीकर्ताले सतप्रतिशत नै पाउने भएका छन् ।

कम्पनीको यो प्रस्तावलाई नियामक बिमा समिति र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्नेछ ।

हेर्नुहोस् विज्ञप्ती

national-life

प्रकाशित मितिः २०७४ बैशाख ८

वि.सं.२०७४ वैशाख ८ शुक्रवार ०८:५२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...