काठमाडौं । प्रतिस्पर्धिलाई १८ मतले पछाडी छोड्दै ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)को १८ औं अध्यक्षमा निर्वाचित नवराज दाहाल एक सफल र अनुभवी पर्यटन व्यवसायीको रुपमा सुपरिचित छन् । वि.सं. २०२८ सालमा धादिङ जिल्लाको बुढाथुम गा.वि.स (हाल गंगाजमुना गाउँपालीका–७) मा जन्मिएका दाहालले प्रतिस्पर्धि मोहन लम्साललाई ३१३ मतमा रोक्दै ३३१ मत पाएर विजयी भएका हुन् ।
सन १९९० बाट पर्यटन क्षेत्रमा आवद्ध दाहाल नेपाल ईन्भाईरोमेन्टल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका प्रवन्ध निर्देशक हुन् । दाहालले यसअघि टानमा कार्यसमिति सदस्य हुँदै महासचिवको भुमिका कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । गणतान्त्रिक स्टोनियाँका लागि नेपाली बाणिज्यदुत समेत रहेका दाहाल हाल नेपाल पर्यटन व्यवसायी संगठनका केन्द्रीय संयोजक समेत हुन् ।
दाहालले पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा युरोपका स्टोनियाँ, बेल्जियम, नेदरल्याण्ड्स, जर्मन, फ्रान्स, स्वीजरल्याण्ड, नर्वे, डेनमार्क, लाटभिया, लीथोआनिया लगायत अमेरिका, थाईल्याण्ड, सिङ्गापूर, मलेसिया, ईन्डोनेसिया, चीन, हङकङ, भारत लगायतका २ दर्जन भन्दा बढि देशहरुको भ्रमण गरिसकेका छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर तह सम्मको औपचारीक शिक्षा हाँसिल गरेका दाहाल अन्तरमुखी तर मृदुभाषी र सालिन स्वभावका छन् । उनी आगामी दुई वर्षका लागि ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) को अध्यक्षमा निर्वाचित भएका हुन् ।
सामाजिक संजाल फेसबुकमा नवराज दाहाल
प्रकाशित मिति २०७४ कार्तिक १३
यो पनि पढ्नुहोस्
टानमा बाम गठबन्धनको बर्चस्व : हेर्नुहोस कस्को कति मत (सूचि सहित)
वि.सं.२०७४ कात्तिक १३ सोमवार ०८:०७ मा प्रकाशित