back
NMB ad

आज १ करोड ७५ लाख खर्चिँदै नयाँ शक्तिको पार्टी घोषणा !

Kumari bank ad

काठमाण्डौं । नयाँ शक्ति नेपालको आज आइतबार पार्टी स्थापना घोषणा सभा पूरै तामझामका साथ हुने भएकोछ । करिब १ करोड ७५ लाख रुपैयाँ खर्चिँदै आजको कार्यक्रम गर्न लागेको नयाँ शक्तिले हिजो जानकारी दिएको थियो ।

अनुमानित खर्च विवरण पेश गर्दै आजको कार्यक्रम पछि पनि ७१ लाख बचत हुने बताइएको थियो । आज काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गइरहेको कार्यक्रममा पार्टी घोषणा गर्न लागिएको हो । सभामा एक लाख मानिस उतार्ने नयाँ शक्तिले दाबी गरेको छ ।

आयोजना गरिने कार्यक्रममा विशेष कार्यक्रम गरी पार्टी घोषणा गर्न लागिएको हो । ‘अबको निकास, आर्थिक विकास’ भन्ने नाराका साथ गर्न लागिएको नयाँ पार्टीको घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतासहित २५ देशका राजदूतलाईसमेत निम्ता गरिएको बताइएको छ ।

घोषणासभामा सहभागी हुन विभिन्न देशका पार्टी प्रतिनिधिहरुसमेत उपस्थित हुने बताइएको छ । पार्टी घोषणा सभामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, संवैधानिक अंगका प्रमुख, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत देशभित्रका सवैजसो दल, सांसदलगायत पाँचसयजनालाई अतिथिका रुपमा अमन्त्रण गरिएको जनाइएको छ ।

कार्यक्रममा सहमागीहुन भारतबाट राष्ट्रवादी कांग्रेसका डिपी त्रिपाठी, जनता दल युनाइटेडका केसी त्यागी, बहुजन समाजवादी पार्टीका सुधीन्द्र भदोरिया, आनन्दस्वरुप वर्मा काठमाडौं आएका छन् ।

घोषणा सभाअघि कुपण्डोल, बबरमहल, कालीमाटी र रत्नपार्कबाट र्‍यालीसहित रंगशालामा पुग्ने कार्यक्रम तय गरिएको नयाँ शक्ति नेपालले जनाएको छ ।
३० जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ ३० आइतवार १२:३२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...