back
NMB ad

काँग्रेसमा जो हस्ती पछि परे …

Kumari bank ad

काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनको मत परिणाम बाहिर आउँदैगर्दा बिगतमा राम्रै हैसियत बनेका केहि हस्ती पछि परेका छन् । खुला केन्द्रीय सदस्यको मतगणनामा शनिबारसम्म २५ भित्र पर्न नसकेका हस्तीहरूको सूची पनि लामै देखिएको छ ।

कांग्रेसभित्र एउटा छुट्टै गुट बनाएका गोविन्दराज जोशी र विनयध्वज चन्द २५ मा पर्न सक्ने सम्भावना टरेको छ । शनिबारसम्मको मतगणनाअनुसार जोशी ३२औं र चन्द ५३औं स्थानमा छन् । पूर्वसभामुख तारानाथ रानाभाट पनि २५ मा नआउने सम्भावना बढी छ । एक तिहाइभन्दा बढी मत गणना भइसक्दा उनी ३५औं स्थानमा छन् । पूर्वमन्त्री चिरञ्जीवी वाग्ले पनि २५ को ‘रिङ’ बाट बाहिरिने पक्कापक्की छ । उनी ३९औं स्थानमा छन् । यसैगरी, तरुण दलका अध्यक्ष उदयशमशेर राणा २७औं नम्बरमा छन् । यसैगरी निवर्तमान केन्द्रीय सदस्य रामकृष्ण ताम्राकार, मनमोहन भट्टराई पनि पछि परेका छन् । ताम्राकार ३६औं र भट्टराई ३१औं स्थानमा छन् ।

यसैगरी, लक्ष्मण घिमिरे पनि ३८औं स्थानमा छन् । तत्कालीन प्रजातान्त्रिक कांग्रेसका कोषाध्यक्षसमेत रहेका जिपछिरिङ लामा झिनो आशमाछन् । उनी २६औं स्थानमा छन् ।

आरक्षणको कोटामा हार्ने चर्चित अनुहारहरू

आरक्षण कोटामा उम्मेदवारी दिएका केही चर्चित अनुहार केन्द्रीय सदस्यमा पराजित भएका छन् । मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेविसंघका अध्यक्ष रञ्जित कर्ण र मधेसी कोटाबाटै उम्मेदवारी दिएका निर्वतमान केन्द्रीय सदस्य रामचन्द्र तिवारी, मधेसी महिला कोटाबाट उम्मेदवारी दिएकी निवर्तमान केन्द्रीय सदस्य कविताकुमारी सरदार पनि पराजित भएकी छन् ।

यसैगरी, महिला आरक्षण कोटाबाट उम्मेदवारी दिएकी निवर्तमान केन्द्रीय सदस्य मीना पाण्डे पराजित भएकी छन् । जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सोलु कांग्रेसका सभापति आँगगेलु शेर्पा पनि पराजित भएका छन् । राजधानी 

३० फागुन २०७२

वि.सं.२०७२ फागुन ३० आइतवार ०९:५८ मा प्रकाशित

You can share this post!

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...