back
NMB ad

एनसेलले कर छले वाइसिएलले जनस्तरबाटै प्रतिरोध गर्ने

Kumari bank ad

काठमाण्डौं । एकीकृत नेकपा माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिगले सरकार नै एनसेलको खरिद बिक्रीमा पुँजीगत लाभकर लिन गम्भीर नभएको भन्दै जनस्तरबाटै प्रतिरोध गर्ने चेतावनी दिएको छ।

आज बिहीबार बिहान एक विज्ञप्ती जारी गर्दै वाइसिएलले एनसेल कम्पनीको मुल्य नेपाली जनताले तिरेको सानो सानो रकमबाट सिर्जना भएको भन्दै त्यसबाट उन्मुक्ति खोजेमा प्रतिरोध गर्ने चेतावनी दिएको हो।

‘सम्पत्ति जुन देशमा सिर्जना भएको हुन्छ राजस्व त्यही देशले पाउनुपर्छ’ वाइसिएलले भनेको छ ‘नेपाली जनताले तिरेको शुल्कबाट आर्जित सम्पत्तिमा लाग्ने करको मालिक नेपाली जनता नै हुन्। नेपाली जनतालाई छलेर केही सिमित व्याक्ति तथा संस्थालाई लाभ हुने गरी करबाट उन्मुक्ति दिन पाईंदैन।’ अध्यक्ष आरसी शर्मा र महासचिव दीपशिखाले जारी गरेको विज्ञप्तीमा नेपालको आयकर कानुनले पनि कर लिने व्यवस्था ग्यारेन्टी गरेको भन्दै यदि कसैले कानुनको गलत व्याख्या गरेर कर उन्मुक्ति दिन खोजे प्रतिरोध गर्ने चेतावनी दिइएको छ।

सञ्चार माध्यमहरुले निरन्तर खबरदारी गरेपनि सरकारले सत्य तथ्य जानकारी नगराउनुले सरकार नै राजस्व उठाउने विषयमा गम्भीर नभएको शंका उब्जिएको वाइसिएलले बताएको छ। यस विषयमा अर्थ मन्त्रालय र मन्त्री जिम्मेवार रहेको वाइसिएलले आरोप लगाएको छ।

२३ बैशाख २०७३, ९।००

वि.सं.२०७३ वैशाख २३ बिहीवार ११:०७ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...