स्पेनिस ला लिगा अन्तर्गत महत्वपूर्ण खेलमा उपाधि होडमा रहेको बार्सिलोनालाई धक्का लागेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना मालागासँग २–० ले पराजित भयो । हारसँगै अर्को धक्का बार्सिलोनाका लागि नेइमारको रेड कार्ड बनेको छ ।
मालागासँगको खेलमा ६५ औं मिनेटमा नेइमार दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो । मालागाका डिएगो लोरेन्टेसँगको ट्याकलको क्रममा फल गरेपछि नेइमारले पहेँलो कार्ड पाए । उनले त्यसअघि नै एउटा पहेँलो कार्ड पाइसकेका थिए । रेड कार्डका कारण नेइमार ला लिगामा अब हुने रियल सोसिडाडसँगको खेलमा मैदान बाहिर हुनेछन् । तर त्यसपछि हुने इएल क्लासिको अर्थात रियल मड्रिडसँगको खेलमा पनि उनी मैदान बाहिर हुने सम्भावना छ ।
उनले मालागासँगको खेलमा रातो कार्डपाएपछि बाहिरिने क्रममा व्यंग्यात्मक रुपमा तालि बजाएका थिए । त्यसले उनीमाथि थप एक खेलमा प्रतिबन्ध लाग्न सक्ने सम्भावना बढेको छ । मालागासँगको हारपछि दोस्रो स्थानको बार्सिलोनाको ३१ खेलबाट ६९ अंक छ । उ शीर्ष स्थानको रियल मड्रिड भन्दा तीन अंकले पछि परेको छ ।
प्रकाशित मितिः २०७३ चैत २७
वि.सं.२०७३ चैत २७ आइतवार १७:३३ मा प्रकाशित