back
NMB ad

योग्यता थाहा पाउनुहोस् र प्राधिकरणमा जागिर खानुहोस्, २७७ भित्र पर्नुहोस्

Kumari bank ad

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले २७७ जना कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ । प्राधिकरणले अघिकृत स्तर ९तह ९ सम्म० देखि ड्राइभर (तह ३) सम्म गरी २७७ कर्मचारी माग गरेको हो।

प्राधिकरणले उप–निर्देशक, चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, समाजशास्त्री, सर्भे अधिकृत लगायत पदमा ५८ जना कर्मचारी माग गरेको छ । साथै, सहायक स्तरमा मिटर रिडिङ सुपरभाइजर (तह ५) ६ जना,  माग गरेको छ। यस्तै लेखापाल (तह ५) मा ११ जना,  सुपरभाइजर (तह ५) मा ४ जना जनशक्ति माग गरेको छ।

पदपूर्ति समितिले प्रकाशन गरेको सूचना अनुसार सुपरभाइजर सिभिल (तह ५) मा २ जना, सिनियर हेवी इक्वीपमेन्ट अपरेटर (तह ५) मा ४ जना, सिनियर मिटर रिडर (तह ४) १५ जना कर्मचारी माग गरेको छ।

सहायक लेखापाल (तह ४) मा २६ जना, फोरमेन (तह ४) मा ५३ जना, फोरमेन सिभिलमा १ जना, फोरमेन ड्राइभरमा ३ जना कर्मचारीमा माग गरेको छ। मिटररिडर (तह ३) मा २१ जना, इलेक्ट्रिसियन (तह ३) ४६ जना, जुनियर मिस्त्री (तह ३) १ जना कर्मचारी प्राधिकरणले माग गरेको छ।

तह ३ को ड्राइभरका लागि ५ जनाको विज्ञापन प्राधिकरणले गरेको छ। समावेशी समानुपातिक प्रणाली अनुसार पदपूर्ति हुनेछ।

दरखास्तका लागि अधिकृत स्तर तह १० का लागि दरखास्त शुल्क १५५० सय लाग्नेछ। तह ९ का लागि १२५०, तह ८ का लागि १०५०, तह ७ का लागि ९५० लाग्नेछ। यस्तै तह ५ मा ६२५, तह ४ मा ४२५, शुल्क लाग्नेछ।

दरखास्त फाराम नेपाल विद्युत प्राधिकरणको वेबसाइटबाट डाउनलोड गरी कर्मचारी पदपूर्ति माग गरिएका क्षेत्रीय कार्यालयमा समेत बुझाउन सकिनेछ।

दरखास्तको समय माघ २७ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुरमा फागुन ५ गतेसम्म फाराम बुझाउन सकिनेछ। दरखास्तसाथ पासपोर्ट साइजको फोटो तीनप्रति, नागरिकताको प्रमाणपत्र र न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र आवश्यक पर्नेछ।

२७ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २७ बुधवार १०:४३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...