back
NMB ad

आजैबाट खुल्यो ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ, आवेदन दिने ठाउँ हेर्नुहोस्

Kumari bank ad

काठमाण्डौं । नेपाल लाईफ ईन्स्योरेन्सले प्रति कित्ता १४२५ रुपैयाँका दरले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओको आज पुस २७ गतेदेखि  बिक्री खुला गरेको छ । कम्पनीको एफपीओमा छिटोमा माघ २ गतेसम्म आवेदन गर्न सकिनेछ ।

कम्पनीको १६ औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण सेयर निष्कासन गरेको हो ।

लगानीकर्ताले न्युनतम १० कित्ता अर्थात चौध हजार २ सय ५० रुपैयाँ र अधिकतम ३० हजार ९६० कित्ता अर्थात चार करोड ४१ लाख १८ हजार रुपैयाँसम्म आवेदन गर्न पाउनेछन् । लगानीकर्ताले कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नेपाल लाइफको काठमाडौ शाखा हेरिटेज प्लाज तथा सिद्धार्थ बैंकका सबै शाखा कार्यालय मार्फत आवेदन लिन र बुझाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, एनआईबिएल क्यापिटल लाजिम्पाट,कृति क्यापिटल सुन्धारा, काठमाडौ क्यापिटल कमलादी,एस क्यापिटल,सिबिआईएल क्यापिटल तथा ग्लोबल आइएमई क्यापिटल जमलबाट पनि लगानीकर्ताले आवेदन गर्न पाउनेछन् ।

२७ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २७ बुधवार १०:४७ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...