back
NMB ad

आखिर सरकारले किन जलायो तीन खर्ब ३६ अर्ब ९३ करोड मूल्य बराबरको नोट !

Kumari bank ad

काठमाण्डौं ।  नेपाल राष्ट्र बैंकले गत शुक्रबारसम्म विभिन्न चलनचल्तीका तीन खर्ब ३६ अर्ब ९३ करोड मूल्य बराबरका नोट जलाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकका उपत्यका बाहिरका कार्यालयबाट विभिन्न समयमा संकलन गरिएका नोट जलाइएको हो ।

राष्ट्र बैंकले चलनचल्तीमा प्रयोग गर्न नमिल्ने थोत्रा, च्यातिएका, जलेका र उपयोग गर्न नमिल्ने नोट जलाउने गरेको छ । बढी नोट चलचल्ती हुने ठाउँमा छिटो र कम हुने ठाउँमा केही समयको अन्तरालमा नोट जलाउने काम गरिन्छ । बैंकले २०७१ चैतदेखि २०७२ फागुनसम्मको अवधिमा ४० अर्ब ३५ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोट जलाएको थियो । त्यसको अघिल्लो वर्ष २९ अर्ब चार करोड बराबरका नोट जलाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

साधारणतया साना नोटको आयु तीन वर्षदेखि चार वर्ष र ठूला नोटको आयु पाँचदेखि ६ वर्ष रहेको पाइन्छ । हाल राष्ट्र बैंकसँग चार खर्ब ३३ अर्ब ८० करोड बराबरका चलनचल्तीका नोट रहेका छन् । सहज रूपमा मुलुकभर नेपाली नोटको व्यवस्थापन गर्ने प्रयोजनले नेपाल राष्ट्र बैंकले कम्तीमा तीन वर्ष तीन महिनालाई पुग्ने नोट सञ्चित गर्ने गरेको छ ।

८ कार्तिक २०७३, १०।००

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...