"/>

अब नेपालबाट अष्ट्रेलिया डाइरेक्ट फ्लाइट !

काठमाण्डौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नयाँ विमानको खरिद प्रकृया अगाडि बढाएसँगै जापान, साउदी अरेविया, दक्षिण कोरिया, र अष्ट्रेलियामा गन्तव्य विस्तार गर्ने भएकोछ ।

त्यसका लागि सम्वन्धित देशहरुसँग रिक्वेष्ट फर प्रपोजल (आरएफपी) माग गरिसकेको छ । साथै, जापान, साउदी अरेविया र दक्षिण कोरियाका लागि लगभग पक्का भइसकेको छ भने अष्ट्रेलियासँग एयर सर्भिस एग्रिमेन्ट (एएसए) हुन बाँकि छ।

निगमले जापानमा हप्ताको दुईदेखि तीन पटक, साउदी अरेवियाको दमाम र रियादमा हप्ताको चार पटक र दक्षिण कोरियाको सोलमा हप्ताको दुईदेखि तीन पटक उडान भर्ने निश्चित भएको जनाएको छ । त्यस्तै अष्ट्रेलियामा भने कति पटक उडान हुने भन्ने निश्चित हुन बाँकि रहेको छ ।

३० असोज २०७३, ११।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com