back
NMB ad

फुटबलः नेपाली टोली जापान जाँदै,जापानका ५ वटा क्लबसँग खेल्ने

Kumari bank ad

काठमाडौ । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाँदै छ । एसियन कप छनोट अन्तर्गत आउँदो सेप्टेमबरमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीका लागि नेपाली टोली दश दिने जापान भ्रमणमा जान लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको थियो ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा टोली जापान जान लागेको हो । चौबीस सदस्यीय नेपाली टोलीको कप्तानको भूमिका अनिल गुरुङले गर्नेछन् ।

जापानको ओसाकामा नेपालले स्थानीय पाँच क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ । जापान जाने टोलीका प्राय खेलाडी एएफसी एसियन कप छनोट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै छन् । गोलकिपर किरण चेम्जोङ र रोहित चन्द विदेशमा लिग खेलिरहेकाले जापान जाने टोलीमा समावेश छैनन् । नेपाली टोलीको जापान भ्रमणलाई जापानको विदेश मन्त्रालय र जापान फुटबल संघले व्यवस्थापन गर्नेछ ।

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, डिफेण्डर विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, मान बहादुर तामाङ, दीनेश राजवंशी साथै मिडफिल्डर विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापा मगर, सुनिल बाल जाने छन् । फरवार्डमा अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, सुमन लामा समावेश भएका छन् । जापान जाने टिममा प्रशिक्षकसहित ६ जना पनि रहेका छन् ।

जापानमा पहिलो खेल अगस्ट १२ मा गाम्बा ओसाकाको २३ वर्षमुनिको टोलीसँग हुनेछ । नेपालले १६ अगस्टमा क्वानसेइ गाक्विन युनिभर्सिटीसँग खेल्ने छ । १७ अगस्टमा अमिटिज स्पोर्टस् क्लबसँग र अगस्ट १८ मा हानन युनिभर्सिटी तथा १९ अगस्टमा भिसेल कोब को १८ वर्षमुनिको टोलीसँग खेल्नेछ ।

समूह ‘एफ’ मा रहेको नेपाल एक अंकसहित तेस्रो स्थानमा तथा अंकविहीन ताजकिस्तान अंक तालिकाको अन्तिम स्थानमा छन् ।

समूह चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को गोलअन्तरको हार भोगेको थियो । त्यस्तै नेपालमै भएको यमनविरुद्वको दोस्रो खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । समूह एफमा रहेको फिलिपिन्स ६ अंकका साथ शीर्षस्थानमा तथा चार अंक जोडेको यमन दोस्रो स्थानमा छन् ।

प्रकाशित मितिः २०७४ साउन २७

वि.सं.२०७४ साउन २७ शुक्रवार १३:१९ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...