back
NMB ad

के तपाईसँग यी कम्पनीका सेयर छन् ? डुब्नुहोला होसियार !

Kumari bank ad

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् ।

उनीहरुले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क नबुझाएका र स्टकको सम्पर्कमा नरहेका ती कम्पनीलाई सम्पर्कमा आउन स्टकले पत्र पठाएको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो ।

अरुण वनस्पती उद्योग, विराट सु, बुटवल स्पिनिङ मिल्स, फ्ल्यूर हिमालय, गोरखाली रबर उद्योग, हरिसिद्धी इँटा तथा टायल उद्योग, ज्योति स्पिनिङ मिल, रघुपति जुट मिल, नेपाल बिटुमिन तथा व्यारेल उद्योग, भृकुटी पल्प एण्ड पेपर, नेपाल खाद्य उद्योग र नेपाल वनस्पती घ्यु उद्योग लिमिटेड स्टकको सम्पर्कमा रहेका छैनन् ।

सम्पर्कमा नरहेका उद्योगमध्ये अधिकांश सरकारी स्वामित्वका र निजीकरण गरिएका उद्योग छन् । विगतमा राम्रो उत्पादन गरेका र सरकारलाई समेत पर्याप्त आम्दानी गराएका उद्योग बन्द हुनु र नेप्सेमा समेत जानकारी नहुनु दुःखद् रहेको बताइन्छ । ती उद्योग तथा संस्थाले नेप्सेमा नवीकरण शुल्कसमेत बुझाएका छैनन् । नियमअनुसार न्यूनतम रु १५ हजारदेखि अधिकतम रु ५० हजारसम्म वार्षिक नवीकरण शुल्क तिर्नु पर्दछ ।

सम्पर्कमा नरहेका कम्पनी तथा उद्योगलाई सम्पर्कमा आउन र आफ्नो कारोबारको विषयमा जानकारी दिन नेप्सेले आग्रह गरेको छ । सम्पर्कमा नरहेका उद्योगमा रहेको सरकार, नागरिकको लगानीको अवस्था के–कस्तो छ भन्नेसमेत जानकारीमा आउन सकेको छैन । दुई साता पहिले कूल ३४ वटा त्यस्ता उद्योग वा संस्थालाई सम्पर्कमा आउन नेप्सेले पत्र काटेको थियो । पत्र काटेपछि केहीले पछिल्लो अवस्थाका बारेमा जानकारी गराएको प्रवक्ता मुराहरि पराजुलीको भनाइ छ ।

यस्तै क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, हिमालय फाइनान्स, नेपाल सेयर मार्केट लिमिटेड, ललितपुर फाइनान्स, नेपाल फाइनान्स र बल्र्ड मर्चेन्ट बैंकले साधारणसभा नगरेको समस्यामा परेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका ती वित्तीय संस्था केही सम्पर्कमा आएका छन् । “केहीले साधारणसभाको तयारी गरेको जानकारी गराएका छन् भने केही अझै सम्पर्कमा आएका छैनन्”– नेप्सेका प्रवक्ता पराजुलीले जानकारी दिनुभयो ।

यस्तै समस्याग्रस्त घोषित ललितपुर फाइनान्सले राष्ट्र बैंकबाट उन्मुक्ति पाएको र छिट्टै साधारणसभा गर्ने जानकारी गराएको छ । बल्र्ड मर्चेन्ट बैंकले साधारणसभा गर्ने तयारीमा रहेको बताएको छ । सिनर्जी फाइनान्सलाई पनि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनीले आव २०६५÷६६ देखि नै वार्षिक लेखा परीक्षण नगरेको पाइएको छ । नेप्सेले उक्त कम्पनीलाई पत्र पठाएर आफ्नो अवस्थाका बारेमा जानकारी दिने भनेको छ ।

नेप्सेले पत्र पठाएकामध्ये विशाल बजार कम्पनी र मेघा बैंक लिमिटेडले साधारणसभा गरेको जानकारी गराएको प्रवक्ता पराजुलीले बताउनुभयो । सेन्चुरी बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरेको जानकारी गराएको छ ।

मेघा बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको र शेयर मूल्यसमेत समायोजन गरिसकेको बताएको छ । नेप्सेमा कूल १५ समूहमा विभक्त भएका २०६ वटा कम्पनी सूचीकृत रहेको र कारोबार गरिरहेको भए पनि औशतमा १७० कम्पनीको मात्रै नियमित कारोबार भएको देखिन्छ । नेपालको पूँजीबजार रु १६ खर्बको रहेको छ । बजार विस्तारका लागि विभिन्न उपाय अपनाउने र आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य राखिएको छ । – रासस

२०७४ पुष २५ गते प्रकाशित

वि.सं.२०७४ पुस २५ मंगलवार १४:१० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...