back
NMB ad

आज फेरि २३.८२ अंकले झर्यो सेयर बजार, यस्तो बेला कसरी सम्हालिने ?

Kumari bank ad

काठमाण्डौं । आज मंगलबार नेप्से २३.८२ अंकले झरेर १५८२.४७ विन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूह राताम्मे भएपछि बजारमा उच्च गिरावट आएको हो ।

आज १३१ कम्पनीको सेयर किनबेच भएको बजारमा करिब ८३ करोड बराबरको कारोबार भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा दश करोड रुपैयाँ कम हो ।

आज मंगलबार पनि एभरेष्ट बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । आज एभरेष्ट बैंकको ९ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिन जस्तै मंगलबार पनि सृजना फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य दश प्रतिशतले बढेको छ ।

तर, रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ताले दश प्रतिशतले गुमाएका छन् । नेपाल ग्रामिण विकास बैंक,लक्ष्मी लघुवित्त, मिशन डेभलपेमन्ट लगायतका कम्पनीले पनि दश प्रतिशतकै हाराहारीमा गुमाएका छन् ।

बाफियाको संशोधन बिधयेकमा बैंक तथा बित्तीय संस्थाहरुको संस्थापक सेयर स्थापनाको १० बर्षपछि साधारण बनाउन सकिने कुरालाई गलत तरिकाले प्रचारबाजीमा ल्याएर बजार घटाइएको सेयर विश्लेषकहरु बताउँछन् । यस्तो बेला साधारण लगानीकर्ताले आफ्नो विवेक पु¥याउनुपर्ने उनीहरुको भनाई छ ।

७ मंसिर २०७३, ३. २०

वि.सं.२०७३ मंसिर ७ मंगलवार १५:४२ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...