कठमाण्डौं । अघिल्ला दुई दिन लगातार दोहोरो अंकले बढेको सेयर बजार आज बुधबार भने स्थिर देखिएको छ । आज बुधबार नेप्से ०.३९ अंकले घटेर १४७६.५१ अंकमा पुगेको छ ।
बजार स्थिर रहेपनि करोबार रकम भने निकै नै खुम्चिएकोछ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने करिब एक करोडले घटेको छ । यसदिन सेयर बजारमा १२० कम्पनीको ३६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
हिजो पास भएको वाफिया र केही दिनदेखि सेयर बजारमा चलिरहेको आफ्नै टे«ण्डले गर्दा लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा भएपछि सेयर बजारमा यस्तो अवस्था आएको सेयर विश्लेषकहरु बताउँछन् ।
२७ पुस २०७३, ३।४०
वि.सं.२०७३ पुस २७ बुधवार १५:३० मा प्रकाशित