back
NMB ad

सेयर १५ अंकले घट्दा बजारमा डेढ अर्ब भन्दा बढीको कारोबार

Kumari bank ad

काठमाडौ। धितोपत्र बजारमा यस साता रु एक अर्ब ८५ करोड ९० लाख ३७ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सो अवधिमा कुल १३१ कम्पनीको एक करोड १३ लाख १८ हजार दुई सय ७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ६ दशमलव ९६ प्रतिशत बढी हो ।

यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव १६ अङ्कले घटेर अन्तिम दिन एक हजार ४६२ दशमलव ५६ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ७३ अङ्कले घटेर ३१७ दशमलव ३२ अङकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु २० करोड ९३ लाख बराबरको सेयर कारोबार भएको छ भने सेयर सङ्ख्याको आधारमा नविल ब्यालेन्स फन्ड अग्रस्थानमा रहेका छन् । फन्डको ३२ लाख ६२ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मितिः २०७३ माघ ८

वि.सं.२०७३ माघ ८ शनिवार १६:०१ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...