back
NMB ad

गौतम बुद्ध विमानस्थलमा लेखाको चासो : निर्माण काम अघि बढ्यो, मन्त्रीले निर्देशन टेरेनन्

Kumari bank ad

काठमाडौ । व्यवस्थापिका–संसद अन्तर्गतका समितिहरुले दिएका निर्देशन सरकारी निकायले नै पालना नगर्दा विकास निर्माणका काम प्रभावित बनेको गुनासो सांसदहरुले गरेका छन् । सार्वजनिक लेखा समिति, विकास समितिलगायतले विभिन्न आयोजनाका बारेमा बुझ्नका लागि बोलाउदा सरकारका मन्त्री र सचिवहरुले नै अटेर गरेको उनीहरुको गुनासो छ ।
पछिल्लो समय भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका विषयमा सार्वजनि लेखा समितिले दिएको निम्तो अस्वीकार गरेका थिए ।
‘राज्यले प्राथमिकता दिएको विषय भनिएको छ । तर, मन्त्री, सचिव नै उपस्थित भएनन्’, लेखा समितिले विमानस्थल निर्माणका समस्याबारे बोलाएको बैठकमा अनुपस्थित भएको जानकारी दिंदै समितिका सदस्य एवं सांसद पशुपति चौंलागाइले बताए ।
स्थानीय ठेकेदारसँगको विवादले विमानस्थल काम ६ महिना ढिलाई भएको थियो । त्यसपछि चिनिया मुख्य ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माण सामाग्री ढुवानीकर्तालाई थप पैसा निकासा गरी काम अघि बढाएको छ । मुख्य र स्थानीय दुई ठेकेदारबीच विवाद र निर्माण अवस्था बुझ्न लेखा समितिले बैठक बोलाएको थियो ।

image1
लेखा समितिकै सदस्य एवं सांसद रामहरि खतिवडाले सरकार पक्षबाट सहयोग हुने हो भने विमानस्थल अब समयमै बनिसक्ने अवस्था रहेको बताए । ‘समितिले समन्वय गर्ने हो । हामीले त्यो काम गरेका छौं । मन्त्री, सचिव टाडिएर आयोजना समयमै बन्न सक्दैन । सरकारको सहयोग पर्याप्त भएन भने उक्त एयपोर्ट फेरी ढिलाई हुन सक्छ’, सञ्चार केन्द्र नेपालले आइतवार राजधानीमा आयोजना गरेको एक अन्तक्र्रियामा सांसद खतिवडाले भने । भैरहवा विमानस्थल निर्माणका लागि आवश्यक माटो, ग्राभेलको व्यवस्था गर्न नागरिक उड्ययन प्राधिकरणले ढिलाई गर्दा आयोजना प्रभावित भएको छ । सम्झौतामा ती सामाग्री उपलब्ध गराउने जिम्मेवारी प्राधिकरणकै हुने उल्लेख छ ।
सांसद खतिवडाले संविधान जारी भएपछि अब सरकारको र राजनीतिक दलहरुको ध्यान मुलुकको सम्बृद्धितर्फ हुनुपर्ने सुझाव समेत दिए । गौतम बुद्ध विमानस्थलसहित राष्ट्रिय गौरवका माथिल्लो तामाकोशी, निजगढ अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तराष्ट्रिय विमानस्थल लगायत आयोजना समयमा पूरा गराउने तर्फ पछिल्लो समय समितिहरुले चासो र सक्रियता देखाएका छन् ।

image4
कार्यक्रममा विकास समितिका सभापति रविन्द्र अधिकारीले पनि आयोजनालाई सफल बनाउने तर्फ सरकारले क्षमता देखाउन नसकेको बताए । ‘सरकारको क्षमता छैन म भन्दिन । तर नियत बनाउने देखिदैन । त्यो खालको इच्छाशक्ति छैन’, सभापति अधिकारीले भने । उनले एशियाली विकास बैंक, विश्व बैंक जस्ता ठूला दाता संस्थामा हावी भएको कर्मचारीतन्त्र र वेथितिले पनि आयोजनालाई प्रभावित तुल्याएको अनुभव राखे । भैरहवा विमानस्थलको दाता एडिबी हो । एडिबीको चुस्त निरीक्षण र सरकारको तदारुकता भएमा आयोजनाको काम समयमै सकिने अधिकारीले बताए । स्थानीय ठेकेदार नर्थवेस्ट इन्फ्रा नेपाललले भुक्तानी अनुसार काम नगरेको, निर्माण सामाग्री समयमै उपलब्ध नभएको जस्ता विवाद उक्त विमानस्थल निर्माणमा देखिएको थियो । झण्डै ६ महिनाको विवादपछि यो आयोजनामा रोकिएको काम सुचारु भएको छ । दुइ साता यता मुख्य ठेकेदार कम्पनी आफै अग्रसर भई ३ वटा ढुवानी कम्पनीलाई पैसा निकासा गरेको छ । कामलाई तिव्र बनाउन मुख्य कम्पनीले ७८ करोड ४० लाख रुपैया थप बजेट निकासा गरेको छ । सरकारी स्वामित्वको उक्त चिनिया कम्पनी आयोजनाको प्रगतिविवरण बुझ्न उच्चस्तरीय टोली समेत नेपाल आउदैछ ।
कुल ६ अर्ब २२ करोड ५१ नेपाली रुपैयाको लागतमा आयोजना बन्न लागेको हो । चाइनिज कम्पनीले काम अघि बढाउन एक दर्जन इन्जिनियरसहित १५ जना विज्ञहरु नेपाल झिकाइसकेको छ । दशैंपछि २०० जना दक्ष कामदार एक हप्ताभित्रै ल्याउने कप्पनीले जनाएको छ । कन्ट्रोल टावर, सबस्टेशन, टर्मिनल भवन र प्रशासकीय भवनहरु बन्दैछन् ।

प्रकाशित मिति : २०७४ असोज ९

वि.सं.२०७४ असोज ९ सोमवार १२:३८ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...