back
NMB ad

निजामति कर्मचारीले भने विधि र मापदण्ड बनाएर मात्र समायोजन गरौं

Kumari bank ad

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न सरकारलाई आग्रह गरेको छ ।

संगठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गरे संगठनका पदाधिकारी एवं सदस्य जुनसुकै ठाउँमा गएर काम गर्न तयार रहेको बताए ।

उहाँले संघबाट प्रदेश तहमा कर्मचारी पठाउँदा जुनसुकै तहका कर्मचारीलाई एक श्रेणी बढुवा गरी पठाउनुपर्नेमा जोड दिए । संगठनले वर्तमान सरकारबाट भएका पूर्वाग्रही ढंगका नियुक्ति, सरुवा, बढुवा, काजलगायतलाई खबरदारी गर्दै आएको छ ।

यसैगरी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा खटिएर निर्वाचन सफल गर्ने कर्मचारीलाई धन्यवाद दिनाका साथै कर्मचारी समायोजन गर्दा आधिकारिक ट्रेड युनियन र राष्ट्रियस्तरका ट्रेड युनियनसँग वार्ता र संवाद गर्नुपर्नेमा जोड दिएको छ ।

समाजमा व्याप्त भ्रष्टाचार न्यूनीकरणका लागि कर्मचारीले स्वच्छ, निष्पक्ष र पारदर्शी भएर काम गर्नुपर्ने, निजामती अस्पतालबाट दिने सुविधालाई सरल र सहज बनाउनुपर्ने, सेवा दिँदा पहिले आउने सेवाग्राहीलाई प्राथमिकता दिनुपर्ने, सेवाग्राहीको पहुँचका लागि नागरिक सहायता कक्ष स्थापना गर्नुपर्ने बताइएको छ ।

यस्तै संगठनको केन्द्रीय परिषद्को १७औँ बैठक आगामी जेठमा काठमाडौँमा गर्ने, तेस्रो राष्ट्रिय महाभेला आगामी भदौमा काठमाडौँमा गर्ने र ६८ जिल्लामा सञ्चालित राष्ट्रसेवक सहकारीको पाँचौँ राष्ट्रिय भेला आगामी कात्तिकमा धनगढीमा गर्ने जनाइएको छ ।

यसैगरी नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती राष्ट्रिय कर्मचारी संगठनबीच एकीकरणका लागि आवश्यक छलफल र संवाद अगाडि बढाइने भएको छ । सवारी चालक, हुलाकी हल्कारा, वन रक्षक कार्यालय सहयोगीलगायत श्रेणीविहीन पदलाई पाँचौँ तहबाट छैटौँ पदमा वृद्धि गर्न पनि माग गरिएको छ ।

संगठनले सत्रौँ केन्द्रीय परिषद्को बैठकमा पेश गरिने विधान संशोधन प्रस्ताव तयार गर्न वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा भवानी न्यौपाने, ललीतबहादुर महर्जन, रेवन्त गौतम, चेतनाथ न्यौपाने, शान्तिप्रसाद लुइँटेल र युवाचन्द्र घिमिरे रहेको एक समिति गठन गरेको छ ।

तराईका शीतलहरबाट प्रभावित पर्सा र बर्दघाट सुस्ता पश्चिम नवलपरासीका बस्तीमा राहत सामग्री बाँड्ने संगठनले जनाएको छ ।

संगठनको रिक्त रहेको सदस्य पदमा शारदा राउत, नारायणबहादुर थापा, निरञ्जन यादव, लक्ष्मी योगी र संगठनसंग सम्बन्धित निर्वाचन आयोगको रिक्त पदमा विजयालक्ष्मी सुवेदीलाई मनोनयन गरी आज शपथग्रहण गराएको थियो ।

 

२०७४ माघ ९ गते प्रकाशित

वि.सं.२०७४ माघ ९ मंगलवार १६:०९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...