back
NMB ad

निर्वाचन आयोगले सरकारको काम प्रभावित पारेको उपप्रधानमन्त्रीको आरोप

Kumari bank ad

राजविराज । उपप्रधानमन्त्री गच्छदारले निर्वाचन आयोगले पनि सरकारलाई काम गर्न नदिएको बताए । शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री गच्छदारले तराई रमधेसका जिल्लामा ५ वटासम्म क्षेत्र घटाएको बारेमा आफूले जोडदार रुपमा आवाज उठाउने बताए ।

गच्छदारले भने ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारण गर्दा आफूहरुसँग सरसल्लाह, छलफल गरेको छैन,’ उनले भने, ‘आयोगको प्रतिवेदनप्रति हामीहरुलाई चित्त बुझेको छैन ।’

संविधानको मर्म र भावना विपरीत जातिय क्लस्टरलाई भत्काएर निर्वाचन क्षेत्र निर्धारण गरिएको उनले बताए ।

‘आयोगले तीन महिना अघि नै आचार संहिता लागू गरेर सरकारको कामकाजलाई प्रभावित बनाएको छ,’ उनले भने, ‘यसलाई सच्याउनु जरुरी छ ।’

मुलुकै इतिहासमा अहिलेसम्म यति लामो आचारसंहिता लागू नभएको बताउँदै उनले यसले सरकारकौ दैनिक कामकाजमा समेत प्रभाव परिरहेको बताए ।

नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय अध्यक्ष समेत रहेका गच्छदारले मंसिर २१ गते हुने चुनावका लागि अहिले नै आचार संहिता लागू गर्न उचित नभएको बताए ।

स्थानीय तहको तेश्रो चरणको चुनाव प्रदेश नं. २ मा असोज २ गते हुन लागेको सन्दर्भ उठाउँदै गच्छदारले चुनावपछि अधिकार सम्पन्न स्थानीय तह निर्माणको चरण पूरा हुने विश्वास ब्यक्त गरेका छन् ।
प्रकाशित मितिः२०७४ भाद्र १७

वि.सं.२०७४ भदौ १७ शनिवार १४:३६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...