back
NMB ad

सार्वजनिक खरिद ऐन संशोधन गर्न माग गर्दै निर्माण व्यवसायीले प्रधानमन्त्री भेटे

Kumari bank ad

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले विहिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको छ । व्यवसायीहरुका समस्या र समाधानका उपायका बारेमा जानकारी गराउन महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको टोली प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेको हो ।

टोलीले सार्वजनिक खरिद ऐनको पहिलो संशोधन र सार्वजनिक खरिद नियमावलीको चौथो संशोधनले सम्बोधन नगरेका र त्रुटिपूर्ण भएका संशोधन र अव्यवहारिक तथा सार्वजनिक खरिद कार्य नै प्रभावित हुने दफा तथा नियमहरु संशोधन गर्ने गराउने कार्यका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

सम्पन्न भई सकेका तथा चालु आयोजनाहरुमा सम्पन्न भएका निर्माण कार्यहरुको विल भुक्तानीको लागि पेश भएता पनि लामो समय देखि निर्माण व्यवसायीहरुले बिल भुक्तानी नपाएका कारण सार्वजनिक निर्माण कार्यहरु प्रभावित भई रहेकोले निकासा समेतको व्यवस्था गरि भुक्तानी गरिदिन सरोकारवालालाई निर्देशन दिन पनि टोलीले आग्रह गरेको छ ।

लामो समय देखि बक्यौता रहेको आयकर, मुल्य अभिवृद्धि कर लगायतका राजश्वहरु बुझाउन नसकी व्यवसायीहरु पिडित हुन परिरहेकोले तिर्न तथा बुझाउन बाँकी रहेको राजश्व बक्यौतामा लागेको व्याज, हर्जना र जरिवाना मिनाहा गरि साँवा कर मात्र चुक्ता गरि बक्यौता फर्छयौट गर्न सकिने व्यवस्था एक पटकका लागि मात्र देशभर लागु हुने आवश्यक प्रकृया थालनी गर्न टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ समय सापेक्ष संशोधन गरि निर्माण व्यवसायीहरुको वर्ग कायम गरि वर्ग अनुसार निर्माण कार्य गर्ने गराउने व्यवस्था लागु गर्न आवश्यक गृहकार्यका लागि सम्बनिधत् मन्त्रालयलाई निर्देशित गरिदिन समेत टोलीले आग्रह गरेको छ ।

नेपाली निर्माण व्यवसायीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रिय गौरवका ठूला आयोजनाहरुमा निर्माण व्यवसायीहरुको क्षमता अनुसार अनिवार्य सहभागी हुने व्यवस्थाका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय र सबै मन्त्रालयहरुलाई निर्देशन गरिदिन टोलीले अनुरोध गरेको छ । संख्यात्मक रुपमा ११ हजार भन्दा बढि साना निर्माण व्यवसायीहरु देशभर क्रियाशिल रहेको कारण स्थानीय स्तरमा हुने निर्माण कार्यको बोलपत्र आव्हान हुँदा साना साना प्याकेजहरुलाई प्राथमिकता दिन सम्बन्धित निकायहरुलाई निर्देशन दिन टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । साथै टोलीले प्रधानमन्त्री देउवाको कार्यकालको पूर्ण सफलताको कामना पनि गरेको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले सम्बन्धित् मन्त्रालयका पदाधिकारीहरुसँग छलफल गरी व्यवसायीहरुका माग सम्बोधन गर्ने जानकारी बताए । टोलीमा महासंघका मानार्थ सदस्यहरु जीप छिरिङ लामा शेर्पा, विष्णु शर्मा, सल्लाहकारहरु रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की, रामप्रसाद मैनाली, निवर्तमान अध्यक्ष जयराम लामिछाने, वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, महासचिव रामशरण देउजा, केन्द्रीय सदस्यहरु खड्कबहादुर खड्का, सरस्वती कार्की व्यवसायीहरु पूर्णबहादुर तामाङ, हुमनाथ कोइराला, नवराज खड्का, रामजी पन्त, महासंघ कार्यालय प्रमुख कृष्णबहादुर पोखरेल, उपनिर्देशक प्रेमसिंह ऐर लगायतको सहभागिता थियो ।

८ असार २०७४

वि.सं.२०७४ असार ८ बिहीवार १८:०९ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...