काठमाडौ । एनएमबी बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ निश्काशन गर्ने अनुमतिमा लागि धितोपत्र बोर्डमा निबेदन दिएको छ । बैंकले दिएको निवेदन धितोपत्रको वेभसाईटमा जेठ २२ को मिति राखेर राखिएको छ । तर एफपीओको प्रस्तावित मूल्य कति हो भनेर खुलाईएको छैन ।
एनएमबीले जेठ २२ गते नै बोर्डमा आबेदन गरेको उल्लेख गरिए पनि जेठ २८ गते आईतबार मात्र बोर्डको वेभसाईटमा किन राखियो भनेर प्रश्न उब्जिएको छ ।
बैंकले सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।
प्रकाशित मितिः २०७४ जेठ २८
वि.सं.२०७४ जेठ २८ आइतवार १२:१४ मा प्रकाशित