back
NMB ad

प्रधानमन्त्री पदका लागि गठबन्धन गरेको होइनः अध्यक्ष ओली

Kumari bank ad

विराटनगर । नेकपा (एमाले)का केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको स्थायित्वका लागि विचारधारा मिल्ने दलसँग मिलेर वाम गठबन्धन बनाएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग विचारधाराको आधारमा राजनीतिक दल स्थापना हुनुपर्नेमा अधिकांश दलहरु जनताको हितमा नभई स्वार्थका आधारमा स्थापना भएकामा चिन्ता व्यक्त गरे ।

निर्वाचनपछि प्रधानमन्त्री पद आपूmलाई दिने गरी नेकपा (माओवादी केन्द्र) सँग कुनै सहमति नभएको स्पष्ट पार्दै राष्ट्रियताको संरक्षण र मुलुकलाई समृद्धितर्फ डो¥याउने पार्टी नेकपा (एमाले) रहेको दाबी गरे । झापा जिल्लाको क्षेत्र नं ३ मा आपूmहरुसँग राप्रपाले सहयोग माग्न आएको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले सो दललाई सहयोग गर्ने उद्देश्यले वाम गठबन्धनले सो क्षेत्रबाट उम्मेदवारी नदिने निर्णय गरेको प्रष्ट पारे ।

उनले नेकपा (एमाले) मुलुकमा लोकतन्त्रको स्थायित्व, शान्ति, सामाजिक सद्भाव कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कहिले पनि हिंसाको पक्षमा नरहेको स्पष्ट पारे । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट आफ्नो मनोनयनपत्र दर्ता गर्न प्रस्थान गरे । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १६

वि.सं.२०७४ कात्तिक १६ बिहीवार १२:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...