back
NMB ad

जिल्लामै फल्यो ९ करोडको सुन्तला, एक किसानको भागमा ६ लाख सम्म !

Kumari bank ad

जाजरकोट । यस वर्ष जाजरकोटमा मात्रै नौ करोड रूपैँया बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम घिमिरे जानकारी दिए ।

ढिमे, डाँडागाउँ, लहँ, खलङ्गा, खगेनकोट, पैक, झाप्रा, कार्कीगाउँ, पुन्मा, भुरलगायत गाविसमा सुन्तला उत्पादनमा वृद्धि भएको हो । सुन्तलाखेतीको लागि अनुकूल मौसम भएका कारण उत्पादनमा वृद्धि भएको हो ।

जिल्लाको ३ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरिएको छ । एक सय ८० हेक्टरमा  नौ करोड १२ लाख रूपैँया बराबरको एक हजार ८ सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको घिमिरेले बताउँछन्।

सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि  किसानहरू सुन्तलाखेतीमा आकर्षित भएका छन् । सुन्तलाखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । कृषकले वार्षिकरुपमा  एक लाखदेखि  छ लाख रूपैँयासम्म आम्दानी गर्ने गरेका छन् । सुन्तलाखेतीको पकेट क्षेत्र दम्दाला गाउँमा मात्र एक करोड बराबरको सुन्तला उत्पादन भएको छ ।

परम्परागत मकै, गहुँ, जौ, कोदो, फापर लगाउने खेतबारीमा कृषकले सुन्तलाखेती गर्न थालेका छन् । कृषकले बोटबाटै सुन्तला प्रतिकिलो  ५० रूपैँयामा बिक्री गर्दैआएका छन् । उक्त सुन्तला बजारमा  ८० देखि ९० रूपैँयामा बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको सुन्तला जुम्ला, डोल्पा, रुकुम, सुर्खेत तथा स्थानीय बजारमा खपत हुँदै आएको छ ।

२० पुस २०७३, रासस, ३।००

वि.सं.२०७३ पुस २० बुधवार १५:५७ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...