back
NMB ad

काठमाडौमा यसरी बन्दैछ बाहिरी चक्रपथ,तपाईको जग्गा के हुन्छ अब हेर्नुस् ?

Kumari bank ad

काठमाडौ । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको काम अबको एक महिना भित्रै सुरु हुने भएको छ । कुल ७१ दशमलब ९३ किलोमिटर लामो बाहिरी चक्रपथ सडक आयोजनाले पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटर सडकको काम थाल्न लागिएको हो ।

यस विषयमा अबको १ महिनाभित्रै भित्र चोभार–सुंगल खण्डको जग्गा अधिग्रहण प्रक्रिया सुरु हुने भएको छ ।
जग्गा अधिग्रहणका सम्बन्धमा मंसिर १२ गते नै निर्णय भईसकेको बाहिरी चक्रपथ आयोजनाले छ । मन्त्रालयको स्विकृति पछि यो कार्य अघि बढ्नेछ । यस खण्डमा दुई बर्ष भित्रै कार्य सक्नेगरि अगाडि बढ्ने आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत रहेको उक्त आयोजनाले जग्गा एकिकरणको काम गर्नेछ भने सडक बिभागले सडक निर्माणको काम गर्नेछ । आयोजनाले चालु आर्थिक बर्षका लागि एक करोड बजेट पाएको छ । अर्थमन्त्रालयले थप २५ करोड र सडक विभागले उक्त आयोजनाका लागि ४ करोड बजेट पाएको छ ।

बाहिरी चक्रपथ आयोजनाको ५८ किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) सन् २००६ मा नै तयार भएको थियो । आयोजनाले एक महिना भित्रै चोभारदेखि सतुंगल क्षेत्रमा जग्गाको कित्ताकाट तथा नयाँ भवन निर्माणमा रोक लगाउन लागेको हो । सो खण्डको ८ हजार ९ सय ५६ रोपनी जमिन अधिग्रहण गर्नेछ । पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको चोभार सतुंगल क्षेत्रले कुल आयोजनाको २६ दशमलब ४९ प्रतिशत हिस्सा ओगट्छ, भूकम्पले कम क्षति गरेको भूभागका कारण उक्त क्षेत्रबाट काम थाल्न लागिएको हो ।
बाहिरी चक्रपथ आयोजनाको निर्माण आरम्भ भएको १० बर्षभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । त्यसका लागि एक लाख रोपनी जमिन अधिग्रहण गर्नुपर्नेछ । बाहिरी चक्रपथ आयोजनाको मुल सडक ५० मिटर चौडा हुनेछ । मुल सडकको दायाँ र बायाँ क्रमशः २५०÷२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् । यसरी तयार पारिएको खाली जमिनमा जग्गा एकिकरणको काम गरिनेछ । जस अनुसार जमिन अधिग्रहणमा परेका सबै नागरिकले केहि हिस्सा बाटोका लागि योगदान गर्नुपर्नेछ भने बाँकी जमिन फिर्ता प्राप्त गर्नेछन् ।

ring_road Ktm(Bahiri)
‘एक परिवारले ७ दशमलब ८ प्रतिशत जमिन सडकका लागि योगदान गर्नुपर्छ, बाँकी जमिन जग्गा एकिकरणको रोडम्याप अनुसार फिर्ता हुन्छ, कुनै पनि नागरिकको उठिबास लाग्दैन’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले भने । चार लेनको सडकमा फुटपाथ, साइकल लेन र ठुला सवारीका लागि छुट्टै लेनको समेत व्यवस्था गरिएको हुनेछ । यसरी निर्माण हुने बाहिरी चक्रपथ आयोजनाले उपत्यकाको कुल जमिनको १० प्रतिशतलाई व्यवस्थित शहरीकरणमा रुपान्तरण गर्ने लक्ष्य लिईएको छ ।

यो सडकमा चार वटा फ्लाईओभर समेत निर्माण गरिनेछ । जसमा अरनिको राजमार्ग, त्रिभुवन राजपथ, फास्ट ट्रयाक, पासाङल्यामु सडकमा फ्लाईओभर निर्माण हुनेछ ।

प्रकाशित मितिः २०७३ मंसिर २५

वि.सं.२०७३ मंसिर २५ शनिवार २०:४४ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...