back
NMB ad

अब देशैभर पाठेघरको मुखको क्यान्सरको निः शुल्क परीक्षण

Kumari bank ad

काठमाण्डौं । सरकारले पाठेघर मुखको क्यान्सर परीक्षण यसै आर्थिक वर्षबाट देशैभरि निःशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा निःशुल्क परीक्षण सेवा सुरु गर्ने तयारी थालेको छ ।

कतिपय महिलाको मृत्युको कारण बनिरहेको पाठेघरको मुखमा हुने क्यान्सर न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले देशैभरि निःशुल्क परीक्षण सेवा विस्तार गर्न लागेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए । थापाले महिलासम्बन्धी रोगहरूको उपचार सेवा र चेतना वृद्धिका कार्यक्रम तीव्र रूपमा विस्तार गरिने उल्लेख गरेका छन् । उनले तत्कालै प्रजनन स्वास्थ्य मेला देशभरका २० ठाउँमा सञ्चालन गर्ने पनि बताए ।

पाठेघरको मुखमा क्यान्सर हुनबाट रोक्ने एचपिभी भ्याक्सिन दिने कार्यक्रम अहिले चितवन र कास्कीमा सञ्चालन भइरहेको उनले जानकारी दिए । आगामी वर्षदेखि यस्ता कार्यक्रम क्रमशः सबै गाउँपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थासम्म पुर्या‍उने मन्त्रालयको लक्ष्य रहेको मन्त्री थापाको भनाइ छ । ‘महिलाको पाठेघरको मुखमा हुन सक्ने क्यान्सरबाट जोगिन जति सजिलो छ क्यान्सर भईसकेपछि जीवन जोगाउन त्यति नै गाह्रो छ,’ मन्त्री थापाले भने । रोग लाग्नबाट बच्न समय–समयमा स्वास्थ्य परीक्षण गर्न पनि मन्त्री थापाले सबैलाई आग्रह गरेका छन् ।

१० चैत २०७३, नयाँपत्रिका, १०।००

वि.सं.२०७३ चैत १० बिहीवार १०:४० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...