back
NMB ad

पाठ्यक्रममा भाषा, संस्कृति, पहिचान विषय समावेश गर्न माग

Kumari bank ad

नवलपरासी । लोक वार्ता परिषद् नेपालको सातौँ राष्ट्रिय सम्मेलनले स्थानीयस्तरका विभिन्न भाषा संस्कृति, पहिचानलगायत विषय पाठ्यक्रममा समावेश गर्न सरकारसँग माग गरेको छ । असोज २२ गतेदेखि कपिवस्तुबाट शुरु भएको सम्मेलनको सत्र नवलपरासीमा आएर आठबुँदे नवलपरासी घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको हो ।

सम्मेलनमा लुम्बिनी अञ्चलका कपिलवस्तु, रुपन्देही र नवलपरासीमा रहेका ऐतिहासिक, पुरातत्विक, कला, संस्कृति, भाषालगायत विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरिएको थियो । कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका तिलौराकोट, लुम्बिनी, रामग्राम स्तूप, त्रिवेणी धामलगायत स्थानका बारेमा विस्तृत अध्ययन अनुगमन भएको छ ।

सम्मेलनमा पुरातात्विक, ऐतिहासिक एवं कला संस्कृतिलगायत विषयमा विभिन्न विज्ञबाट ५६ कार्यपत्र प्रस्तुत भएको थियो । सम्मेलनले तीनवटै जिल्लाका ऐतिहासिक, पुरातात्विक एवं भाषिक, सांस्कृतिक विषयसहित स्थानीय पहिचानको संरक्षणका लागि आग्रह गरेको छ । आगामी वर्षमा आठौँ राष्ट्रिय सम्मेलनका लागि भोजपुर र त्यसको सेरोफेरोका क्षेत्र चयन गरी संयोजकमा डा भक्त राईलाई तोकेको छ ।

प्रकाशित मितिः २०७४ असोज २९

वि.सं.२०७४ असोज २९ आइतवार १४:०५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...