काठमाडौ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले पराजित गरेको छ । पश्चिमाञ्चलले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चल ४० ओभर ३ बलमा १ सय ७ रन बनाएर अलआउट भएपछि पश्चिमाञ्चल ९५ रनले विजयी भयो ।
मध्यमाञ्चलका इशान पाण्डेले २४ र किशोर महतोले २० रन बनाउनुबाहेक अरुले राम्रो रन जोड्न सकेनन् । पश्चिमाञ्चलका लाल अधिकारी र रोहित कुमार पौडेलले ३/३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले पूरै ५० ओभर खेल्दै २ सय २ रन बनाएको थियो ।
प्रतियोगितामा पूरै ५० ओभर टिकेर खेल्ने पहिलो टिम बनेको पश्चिामाञ्चलका लागि सौरभ खनालले नटआउट ७८ रन बनाए ।
प्रकाशित मितिः २०७४ जेठ १७
वि.सं.२०७४ जेठ १७ बुधवार १७:०६ मा प्रकाशित