back
NMB ad

आर्थिक संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने देशको आर्थिक अवस्था भयावह !

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक अवस्थामा भयावह तरिकाले ह्रास आएको बताएका छन् । भूकम्प र नाकाबन्दीका कारण आर्थिक अवस्था भयावह बनेको भन्दै उनले संविधान कार्यान्वयन र आर्थिक विकासलाई नै आफूले मुख्य चुनौतिको रुपमा लिएको बताए ।

नेपाल आर्थिक संघले मंगलबार राजधानीमा आयोजना गरेको गोष्ठीमा प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानको कार्यान्वयन र आर्थिक विकास नै मेरा मुख्य चुनौति हुन्, ‘मूल्यवृद्धि १० प्रतिशत, आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम र ब्यापार घाटा सात खर्बभन्दा बढी भएको भयावह परिस्थितिमा मेरो नेतृत्वको सरकार बनेको छ ।’

रेमिट्यान्सले नै अर्थतन्त्र धानिरहेको भन्दै प्रचण्डले तर रेमिट्यान्सले दीगो बैदेशिक मुद्रा आम्दानी नगर्ने बताए । त्यसैले रेमिट्यान्सलाई उत्पादनशील र पूँजी निर्माणमा लगाउन सरकार तयार रहेको उनले बताए । त्यसका लागि युवाहरुलाई आवश्यक सिप र तालिम प्रदान गर्ने र कुन मोडेलबाट रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउने भन्नेबारे आर्थिक संघ र बुद्धिजिवीहरुसँग छलफल गरेर सरकार अघि बढ्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

नेपाल आर्थिक संघ २५ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्रीको उपस्थितिमा संघीय प्रणालीमा अन्तर सरकारी वित्त सम्बन्ध विषयक गोष्ठी आयोजना गरेको थियो ।

२१ भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ २१ मंगलवार १२:३९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...