Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

पुस २७ देखि पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला

December 30, 2017

पोखरा । सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला यही पुस २७ देखि माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी समूहको मुख्य प्रायोजनमा हुने सो मेला सम्पन्न गर्न संघका अध्यक्ष विश्वशंकर पलिखेको संयोजकत्वमा मूल समिति र २७ उपसमिति गठन गरिएको छ ।

मेलामा हस्तकला, कृषि, पुष्प, गाडी, सूचना तथा प्रविधि, सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधि, दैनिक उपभोग्य वस्तु, घरायसी र शृङ्गारका सरसामान तथा लत्ताकपडाको बिक्री वितरण गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पलिखेले जानकारी दिए । ‘लगानीको संवद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजना हुने मेलाबाट बचत भएको रकमले प्रदर्शनी केन्द्रमा थप एउटा अत्याधुनिक गुम्बज बनाइनेछ ।

२०७४ पुस १५ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *


सम्बन्धित शीर्षकहरु