back
NMB ad

पोखराका निर्वाचित वडा सदस्य जेल चलान !

Kumari bank ad

पोखरा । लेखनाथ महानगरपालिका–८ का वडा सदस्य पुष्पराज सिग्देल बिहीबार कारागार चलान गरिएका छन् । बहुविवाहको मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका उनी फरार सूचीमा थिए । सिग्देल आफैं अदालत उपस्थित भएका हुन् ।

उनी वैशाखमा भएको स्थानीय निर्वाचनमा वडा सदस्य चुनिएका थिए । तहसिलदार भोलाराज रेग्मीले सिग्देल निवेदनसहित आफैं अदालतमा आएपछि कारागार पठाइएको बताए । फैसलाको झण्डै १६ वर्ष पुग्दा पनि पोखरा–८ सिमलचौरका सिग्देललाई प्रहरीले पक्रेको थिएन ।

जेठी पत्नी सुशीलाको जाहेरीपछि कास्की जिल्ला अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले २०५८ पुस १० मा सिग्देललाई एक महिना कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । फैसलापछि जरिवाना रकम धरौटीबाट असुलउपर भएको थियो भने चार दिन हिरासतमा बसेकाले २६ दिन कैद असुल हुन बाँकी रहेको अदालतले जनाएको छ । कान्तिपुरदैनिकबाट

प्रकाशित मितिः २०७४ भदौ १६

वि.सं.२०७४ भदौ १६ शुक्रवार ०७:१७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...