back
NMB ad

पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा जोड

Kumari bank ad
पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा जोड
काठमाडौँ २० जेठ । भूकम्पपछिको पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

अल ‘थ्री’ मिडिया घरद्वारा सञ्चालित टेलिभिजन कार्यक्रम ‘बलियो घर’ को पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्थानीय तहको बारेमा स्थानीय तहलाई ज्ञान भएकाले भूकम्पको पुनःनिर्माण स्थानीय तहलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका हुन् ।

कार्यक्रममा शिक्षामन्त्री धनिराम पौडेलले जनताको आवास निर्माणमा सरकारले वितरण गरेको अनुदान समयमा ठिक ढङ्गले जान नसकेको भन्दै स्थानीय तहलाई अधिकार दिए छिटो वितरण हुने बताएका छन् । उनले भने, “स्थानीय सरकारलाई अधिकार दिए पुनःनिर्माणको कामले तीव्रता पाउँछ ।”

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनसँगै पुनःनिर्माणको काम तीव्रगतिमा हुने बताए । उनले निजी आवास, सार्वजनिक पूर्वाधार, आयोजना निर्माण र सम्पदा निर्माण भए मात्र पुनःनिर्माणले सार्थकता पाउने विश्वास व्यक्त गरे।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का कार्यकारी निर्देशक डा आमोदमणि दीक्षितले प्रविधियुक्त बलियो घर निर्माणलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । उनले छिमेकीमुलुकको पुनःनिर्माणलाई अनुशरण गरेर नेपालको पुनःनिर्माणलाई अगाडि बढाउनुपर्नेमा जोड दिैए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका विज्ञ सदस्य डा चन्द्रबहादुर श्रेष्ठले हरेक स्थानीय तहमा पुनःनिर्माणका लागि आवश्यक विज्ञ समूह खटाएर पुनःनिर्माणको कामलाई प्राधिकरणले तीव्रगतिमा गर्न लागेको बताए।

नेपाल पर्यटन बोर्डका प्रमुख दीपकराज जोशीले भूकम्पले क्षति पु¥याएका पर्यटकीय संचरनालाई चाँडो पुनःनिर्माण गरी धेरै भन्दा धेरै पर्यटकलाई भित्र्याउनुपर्ने बताए ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले विश्व सम्पदामा सूचीकृत भएका सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि प्राधिकरणले विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गरे।

‘बलियो घर’ कार्यक्रमका उत्पादक सुनिल कोइराला, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव द्वारिका श्रेष्ठ, प्रवक्ता डा भिष्मकुमार भुषाल, नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटा, पत्रकार श्रीरामसिंह बस्नेत, सम्पदा विशेषज्ञ सूर्यभक्त सागाछेले पुनःनिर्माणमा दक्ष जनशक्ति नहुँदा पुनःनिर्माणमा समस्या भएको भन्दै आवश्यक जनशक्ति उत्पादनमा गर्नुपर्नेमा जोड दिए।
प्रकाशन मितिः २०७४ जेठ २०

वि.सं.२०७४ जेठ २० शनिवार १५:०९ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...