back
NMB ad

बन्ला त प्रदेश नं ३ को राजधानी भक्तपुर ?

Kumari bank ad

भक्तपुर । प्रदेश नं ३ को राजधानी भक्तपुरलाई बनाउन माग गर्दै जिल्ला समन्वय समिति भक्तपुरमा बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

विभिन्न राजनीतिक दलका नेता, नवनिर्वाचित सांसद, नगरपालिकाका प्रमुख एवं सरोकारवाला सम्मिलित बैठकले सो निर्णय गरेको हो ।

भक्तपुर ३ नं प्रदेशका सबै जिल्लाको मध्य भागमा पर्ने, यहाँ आउनजान सबैलाई सहज हुने, पूर्व– पश्चिम नाकाका रुपमा रहेको र प्रदेशका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेकाले भक्तपुरको विकल्प नभएको ठहर गरिएको हो ।

बैठकमा नवनिर्वाचित सांसद महेश बस्नेतले सरकारलाई तत्कालै भाडासमेत तिर्न नपर्ने गरी तयारी अवस्थामा रहेका यहाँका भौतिक संरचना रहेकाले भक्तपुरलाई प्रदेश राजधानी बनाउनुपर्ने बताए ।

बस्नेतले सानोथिमिमा रहेका शिक्षा मन्त्रालयका खाली हुन लागेका सबै भौतिक संरचनादेखि कृषि विकास तालीम भवन र विद्युत् प्राधिकरणको तालीम भवन समेतलाई सहजै प्रयोगमा ल्याउन सकिने भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रदेशसभा सदस्य शशिजंग थापाले जगातीस्थित इँटा टायल कारखानाकोे करिब २७० रोपनी जग्गा, सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गा, गठ्ठाघरस्थित हवाई विभागको करिब ३५० रोपनी जग्गा र नीलबाराहीमा रहेको ७०० रोपनी जग्गासमेत यहाँ रहेकाले थप पूर्वाधार आवश्यक परेमा निर्माण गर्न सकिने भन्दै सरकारले भक्तपुरलाई प्रदेश राजधानीका लागि रोज्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि राजाराम खड्का, माओवादी केन्द्रका देवेन्द्र श्रेष्ठलगायत सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ लगायतले पनि हरेक दृष्टिकोणले प्रदेश राजधानी बनाउन भक्तपुरको विकल्प नभएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निवराज गेलाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेलले सहमति भएका विषयलाई आजै सरकारसमक्ष प्रस्तावका रुपमा पु¥याउने बताए ।

प्रकाशित मिति ः २८ मंसिर २०७४

वि.सं.२०७४ मंसिर २८ बिहीवार २३:१३ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...