काठमाडौं । प्रिमियर ईन्स्योरेन्सले साधारण सेयर एफपीओ) बिक्रीमा ल्याउने भएको छ । यही पुस १६ गतेदेखी विक्रि खुल्ला गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता बिक्री गर्न लागेको हो ।
इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो ।
सो कम्पनीको एफपीओमा पुस १६ गतेदेखि पुस १९ गतेसम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम दश किता अर्थात ७ हजार ९९० रुपैयाँदेखि अधिकत्म ३ हजार २९० किता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् ।
इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आफ्नो खाता रहेको आश्वा सेवा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।
प्रकाशित मिति : ६ पुस २०७४
वि.सं.२०७४ पुस ६ बिहीवार १०:२१ मा प्रकाशित