back
NMB ad

तीन कम्पनीको सेयर मूल्य समायोजन सँगै सेयरधनी दर्ता किताब बन्द

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबार एनएमबि बैंक, प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टक फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीहरुको साधारणसभा प्रयोजनका लागि आजैबाट सेयरधनी दर्ता पुस्तिका बन्द भएको छ ।

एनएमबिले १९ प्रतिशत, प्रिमियर इन्स्योरेनसले २० प्रतिशत र गुह्श्वरी मर्चेन्टले १२ प्रतिशत बोनस प्रस्ताव गरेका छन् । १९ प्रतिशत मात्र बोनस सेयर समायोजन पश्चात एनएमबि बैंकको प्रतिकित्ता सेयरमूल्य ५२१ रुपैयाँ कायम गरिएको छ । एनएमबिको आधारमूल्य ४६६ रुपैयाँ रहेको छ ।

त्यस्तै प्रिमियर इन्स्योरेनसले २० प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्तँ १३९४ रुपैयाँ कायम भएको छ । प्रिमियरको आधारमूल्य १११० रुपैयाँ रहेको छ ।

गुहेश्वरी मर्चेन्टको १२ प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्ता २४८ रुपैयाँ कायम गरिएको छ । जसको आधारमूल्य २५९ रुपैयाँ रहेको छ । एनएमबि बैंकको पुष २४ गते, प्रिमियर इन्स्योरको पुष १४ गते तथा गुह्श्वरी मर्चेन्टको पुष २२ गते सधारणसभा हुँदैछ ।

७ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस ७ बिहीवार १२:०४ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...