back
NMB ad

प्रदेश नं ६ मा मन्त्रिपरिषद् विस्तार, हेर्नुहोस् को–को भए मन्त्री

Kumari bank ad

सुर्खेत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सत्ता साझेदार दल नेकपा (एमाले) र (माओवादी केन्द्र)बीच मन्त्रालयको भागबण्डा नमिल्दा रोकिएको मन्त्रिपरिषद् विस्तारलाई मुख्यमन्त्री शाहीले मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि आज सरकार विस्तार गरेका हुन् । मन्त्रालय बाँडफाँड तथा मन्त्रीको छनोट गरिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रीको नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शाहीले नेकपा (माओवादी केन्द्र)का तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी सांसद विमला केसीलाई मन्त्री पदमा नियुक्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका तर्फबाट सल्यानका सांसद प्रकाश ज्वालालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुर्खेतका सांसद खड्ग खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, डोल्पाका सांसद नन्दसिंह बुढालाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र हुम्लाका सांसद दल रावललाई सामाजिक विकास मन्त्रालयको मन्त्रीमा नियुक्त गरेका छन् ।

२०७४ फागुन ६ गते प्रकाशित 

वि.सं.२०७४ फागुन ६ आइतवार २०:२४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...